+
+

शेरचनको निधनप्रति आनद्वार दुःख व्यक्त

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३ गते १७:१८

नेपाल विज्ञापन संघ (आन)ले विज्ञापन बोर्डका सदस्य महेन्द्र शेरचनको मृत्युप्रति दुःख प्रकरट गरेको छ । शेरचनको ६७ वर्षको उमेरमा बुधबार असामयिक निधन भएको थियो ।

संघले नेपाली सञ्चार जगतका हस्ती, बैदेशिक रोजगार व्यवसायी संघका संस्थापक अध्यक्ष, पूर्व सभासद, नेपाल मिडिया सोसाइटीका पुर्व अध्यक्ष, मिडिया एलाइन्स नेपालका उपाध्यक्ष, राजधानी राष्ट्रिय दैनिकका अध्यक्ष तथा प्रबन्ध निर्देशक तथा विज्ञापन बोर्डका सदस्य शेरचनको निधनले सञ्चार तथा विज्ञापन उद्योगले एक कुशल सञ्चार उद्यमी तथा जुझारु व्यक्तित्व गुमाएको बताएको छ ।

‘दुखद घडस्मा शोक सन्तप्त परिवारजन, आफन्तमा हार्दिक समवेदना व्यक्त गर्दै स्वर्गिय आत्माको चिर शँन्तीको कामना गर्दछौं,’ संघले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?