+
+

काठमाडौंमा भेरोसेलको दोस्रो डोज भदौ ९ गतेदेखि दिइने

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३ गते १८:३१

३ भदौ, काठमाडौं । काठमाडौंमा कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएका नागरिकले भदौ ९ गतेदेखि दोस्रो डोज पाउने भएका छन् ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार साउन १४ गतेदेखि भेरोसेलको पहिलो डोज लगाई तीन हप्ता पूरा भएका २ लाख १६ हजार नागरिकहरुलाई दोस्रो डोज दिइने छ ।

काठमाडौं जिल्लाका १४४ खोप केन्द्रबाट भेरोसेलको दोस्रो डोज दिइने उनले बताए ।

खड्काका अनुसार भेरोसेलको दोस्रो डोज खोप लगाउन पहिलो डोज खोप लगाएको खोप कार्ड लिएर जानुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?