+
+

सिरहाबाट ब्राउन सुगरसहित तीनजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ४ गते १२:२३

४ भदौ, सिरहा । प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लहान नगरपालिका–२४ का १८ वर्षीय मनदीप विश्वकर्मा, सोही नगरपालिका–५ का ५२ वर्षीय रामदेव यादव र २५ वर्षीय दीपेन्द्र यादव छन् ।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुभाष बुढाथोकीले जानकारी दिए ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?