+
+

मछिन्द्रसँग रेजिनको सम्झौता नवीकरण

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ४ गते १५:१५

४ भदौ, काठमाडौं । रेजिन सुब्बाले ए डिभिजन लिगको साविक विजेता मछिन्द्र क्लबसँगको सम्झौता नवीकरण गरेका छन् । मछिन्द्रले शुक्रबार सामाजिक सञ्जालमार्फत रेजिनसँग सम्झौता नवीकरण गरिएको जनाएको छ ।

सम्झौतापछि रेजिनले नयाँ सिजनको ए डिभिजन लिग मछिन्द्रबाटै खेल्नेछन् । रेजिनले नेपालको यू–१९ र यू–२३ टोलीबाट खेलिसकेका छन् ।

ए डिभिजन लिग कात्तिक २९ गतेबाट शुरु हुनेछ । उपाधि रक्षा गर्ने अभियानसहित मछिन्द्रले यसअघि सुजल श्रेष्ठ र अभिषेक रिजालसँग सम्झौता नवीकरण गरिसकेको छ ।

यस्तै सुनिल बल र मनिष डाँगीलाई अनुबन्ध गरेको छ भने प्रशिक्षकमा प्रवेश कटुवाललाई निरन्तरता दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?