+
+

राजसंस्था पुनर्स्थापनाको माग

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ४ गते १६:०९

४ भदौं, वीरगञ्ज । वीरगञ्जमा राजावादीहरुले प्रदर्शन गरेका छन् । नेपाल राष्ट्रवाद संघले प्रदर्शन गरेको हो ।

‘राष्ट्र र राष्ट्रियता राजसंस्थामाथि निर्भर छ ’ भन्दै संघले राजसंस्था पुनर्स्थापना हुनुपर्ने मागसहित विभिन्न गतिविधि गर्दै आएको छ ।

रत्नराज्य लक्ष्मीदेवी शाहको ९४औं शुभ जन्मोत्सवको अवसरमा शुभकामना र्‍याली निकलिएको राष्ट्रवाद संघका अध्यक्ष जनकलाल साहले जानकारी दिए ।

शुक्रबारको प्रदर्शनमा एमसीसीको समेत विरोध गरिएको थियो । प्रदर्शनकारीहरुले ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

उनीहरुले गणतन्त्रको विरोध गर्दै राज संस्थाको समर्थनमा नाराबाजी समेत गरे। घण्टाघरबाट निकालिएको र्‍याली नगरपरिक्रमा पछि बाल मन्दिरमा पुगेर रत्नराज्यलक्ष्मीको तस्वीरमा माल्यार्पण गरी सम्पन्न भएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?