+
+

काठ चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ४ गते १९:१९

४ भदौ, धनगढी । कञ्चनपुर प्रहरीले अवैध काठ चोरी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बेल्डाडी गाउँपालिका–१ का रतनबहादुर बुढा रहेका छन् ।

बुढालाई बेल्डाडी क्षेत्रबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानेले जानकारी दिए ।

डीएसपी न्यौपानेका अनुसार बुढालाई पक्राउ गरेर जिल्ला अदालतमा पेश गरिएको छ ।

२०७३ सालमा जिल्ला अदालतले चोरी मुद्दामा दोषी ठहर भएका उनलाई तीन महिना कैद र तीन हजार रुपैयाँ जरिवाना सुनाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?