+
+

बार्सिलोना बराबरीमा रोकियो

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ६ गते ७:५९

६ भदौ, काठमाडौं । स्पानिस ला लिगामा बार्सिलोना एथ्लेटिक विल्वाओसँग १-१ को बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा विल्वाओले सुरुआती अग्रता लिए पनि बार्सिलोनालेले गोल फर्काउँदै खेल बराबरी गरेको हो ।

घरेलु मैदानमा इनिगो मार्टिनेजले ५०औं मिनेटमा गोल गर्दै विल्वाओलाई अग्रता दिलाएका थिए । उनले इकर मुनियनको पासमा गो गरे ।

७५औं मिनेटमा मेम्फिस डिपाएले बार्सिलोनाका लागि बराबरी गोल फर्काए । उनले सर्जी रोवर्टोको पासमा गोल गरे ।

इन्जुरी टाइममा बार्सिलोनाका एरिक गार्सियाले रातो कार्ड पाएका थिए । यस सिजन पहिलो बराबरी खेलेको बार्सिलोनाको २ खेलबाट ४ अंकसहित शीर्ष स्थानमा छ ।

यस्तै अलाभेजलाई १-० ले पराजित गर्दै पहिलो जित हात पारेको मालोर्काको पनि ४ अंक छ र दोस्रो स्थानमा छ ।

अर्को खेलमा भ्यालेन्सियाले ग्रानडासँग १-१ को बराबरी खेलेको छ । भ्यालेन्सिया पनि ४ अंकसहित तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?