+
+

स्पेनिस ला लिगामा बार्सिलोनाका डिपाएको उत्कृष्ट प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ६ गते १२:४९

६ भदौ, काठमाडौं । स्पेनिस ला लिगा सान्टान्डर २०२१–२२ को पहिलो अवे खेलमा बार्सिलोनाले २ अंक गुमायो । एथ्लेटिक विल्वायो विरुद्ध बार्सिलोनाको प्रदर्शन निराशाजनक रह्यो । तर बार्सिलोनाका लागि सकारात्मक पाटो पनि थियो, यसै सिजनअघि क्लब भित्रिएका मेम्फिस डिपाएको प्रदर्शन ।

डिपाएकै गोलमा बार्सिलोनाले विल्वाओसँग एक अंक जोड्न सफल भयो । एक गोलले पछि परेको बेला उनै डिपाएले गोल गरे । घरेलु मैदानमा विल्वाओले बार्सिलोनालाई धेरै क्षेत्रमा समस्या बनायो । त्यसको जवाफ दिने काम डिपाएले नै गरे । उनलाई फ्रेन्की डे जोङले पनि साथ दिए ।

यो सिजन क्याम्प नोउमा आएका नेदरल्याण्ड्सका डिपाएले जब बल पाउँथे विपक्षी डिफेन्सलाई हल्लाउँथे । विल्वाओका मैदानमा उनले आफूले प्रमाणित गर्ने प्रदर्शन गरे । एक हिसाबले उनी विपक्षीमाथि हाबी बने ।

उनले आफ्नो टिममेटबाट आवश्यक सपोर्ट पाउन सकेनन् तर विपक्षीलाई समस्यामा राखे र बार्सिलोनाका लागि सबैभन्दा राम्रो प्रदर्शन गर्ने खेलाडी बने । उनले विल्वाओका युलेन अरिरेजाबालालाई बिट गर्दै ७५ औं मिनेटमा बराबरी गोल फर्काए ।

उनले खेलको अन्त्यतिर प्रहार गरेको बल भने पोष्ट बाहिर गएको थियो । क्लब लेजेण्ड लिओनल मेस्सी सिजन शुरु हुनुअघि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) गएपछि बार्सिलोनामा नयाँ युग शुरु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गर्ने गरेका छन् ।

मार्काको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?