+
+

औद्योगिक ग्राम बनाउन पैसा लगेका २७ स्थानीय तहले गरेनन् काम

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ६ गते १३:४१

६ भदौ, कठमाडौं । एक स्थानीय तह एक औद्योगिक ग्राम कार्यक्रम अन्तर्गत २७ स्थानीय तहले पैसा बुझेर काम नगरेको पाइएको छ । एक स्थानीय तहले ९२ लाखका दरलेको लगेको उक्त रकम फिर्ता समेत नभएको महालेखा परिक्षकको ५८ औं प्रतिवेदनले औल्याएको छ ।

४३ स्थानीय तहलाई ९२ लाखका दरले ३९ करोड ५६ लाख अनुदान प्रदान गरिएकोमा २७ वटाले काम नै नगरेको प्रतिवेदनमा जनाइएको छ । ४३ मध्ये तीन वटा स्थानीय तहले लेखापरीक्षण नगरेको, २८ स्थानीय तहले काम सुरु नै नगरेको र सोमध्ये एक बाग्लुङको ताराखोला गाउँपालिकाले भने रकम फिर्ता गरेको प्रतिवेदनमा भनिएको छ ।

काम नगरेका २७ स्थानीय तहले २४ करोड ८४ लाख र १२ स्थानीय तहले यो वर्ष आंशिक खर्च गरी वचत रहेको ४ करोड ५४ लाख समेत गरी २९ करोड ३८ लाख रुपैयाँ स्थानीय तहले नै राखेको पनि प्रतिवेदनमा भनिएको छ । उक्त रकम संघीय सञ्चित कोषमा तत्काल फिर्ता गर्न पनि प्रतिवेदनमा भनिएको छ ।

औद्योगिक ग्रामका लागि हिमाली र दुर्गम पहाडी क्षेत्रमा ३० रोपनी, पहाडी क्षेत्रमा ४० रोपनी र तराई क्षेत्रमा ७ बिगाह न्यूनतम क्षेत्रफल तोकेको छ । घना वस्तीबाट १ किलोमिटर दूरी बाहिर मात्र औद्योगिक आम स्थापना गर्नुपर्ने र २ सय मिटरको परिधिभित्र मानव वस्ती विकास गर्न नहुने मापदण्ड रहेको छ ।

प्राप्त अनुदानबाट सीमा पर्खाल, तारबार, पहुँचमार्ग, ११ केभीए विद्युत प्रसारण लाइन लाइन, गोदाम घर, पानीको आपूर्ति, फोहोर व्यवस्थापन लगायतका पूर्वाधार विकास गर्नुपर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?