+
+

रक्सी पसलबाट लागूऔषध बरामद, पसल सञ्चालक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ६ गते १८:०८

६ भदौ, सप्तरी । सप्तरीको एक रक्सी पसलबाट विभिन्न किसिमको लागूऔषध बरामद भएको छ । कञ्चनरुप नगरपालिका–२ बरमझियास्थित संगम फास्टफुड एन्ड मदिरा पसलबाट लागूऔषध बरामद भएपछि त्यसका सञ्चालक २८ वर्षीय जयराम यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त पसलमा लागूऔषध बिक्री भइरहेको गोप्य सूचनाको आधारमा पुगेको प्रहरी टोलीले लागूऔषधसहित यादवलाई पक्राउ गरेको हो । पसलभित्र रहेको कालो रंगको ब्यागबाट ६१० थान निट्रोसन–१०, ३१० थान स्पास्मो–प्रोक्सिभोन, ८ थान सय एमएलको डाइलेक्स डीसी, सय एमएलको इसकुफ, एक थान सिरिन्ज बरामद भएको छ ।

यस्तै, तीनवटा मोबाइल र १८ हजार ६७५ रुपैयाँ नगद समेत उनको साथबाट बरामद भएको प्रहरीले जनाएको छ ।

लागूऔषधसहित पक्राउ परेका यादवलाई नियन्त्रणमा लिई अन्य अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?