+
+

चीनमा हुने दक्षिण तथा दक्षिणपूर्वी एसिया वस्तु मेलामा सहभागी हुन आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ६ गते १८:४३

६ भदौ, काठमाडौं । चीनको युनान प्रान्तमा यही अगस्ट महिनाको अन्तिममा दक्षिण तथा दक्षिणपूर्वी एशिया वस्तु मेला तथा लगानी महोत्सव २०२१ हुने भएको छ ।

‘नयाँ विकासका लागि नयाँ अवसर’ नारा दिइएको उक्त महोत्सवमा प्रदर्शनकर्ता र दक्षिणपूर्वी तथा दक्षिण एशियाका तर्फबाट विभन्न वस्तु तथा सेवा उद्यमीहरुको सहभागिता रहनेछ ।

चीनको दक्षिण-पश्चिममा रहेको युनान प्रान्तको राजधानी कुनमिङ्गमा अगस्ट २५ देखि २९ तारिखसम्म हुने सो कार्यक्रममा अनलाइन मार्फत पनि सहभागिता चिनियाँ संचार माध्यमहरुले जनाएको छन् ।

हरेक विजोर वर्षमा हुने प्रादेशिक स्तरको यो महोत्सव चीन र एशियाका देशहरुबीच सम्बन्ध र व्यापार साझेदारलाई सुधार गर्न महत्वपूर्ण मानिन्छ । ६४ हजार वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको कुनमिङ्ग गुनसाङ अन्तर्राष्ट्रिय सम्मेलन केन्ऽमा हुने यस मेलामा ३ हजार वटा प्रदर्शनी स्थलहरु राखिनेछन् ।

काठमाडौंस्थित युनान प्रान्तिय सीमापार प्रतिनिधि कार्यालयका अनुसार यो नेपाली उद्यमीहरुका लागि आफ्ना सामान चीनमा प्रवर्धन गर्ने सुनौलो अवसर हो ।

सम्मेलनबारे कार्यालयले भनेको छ, ‘मेलामा नेपाली व्यवसायीहरु पनि सहभागी हुन सक्छन् र आफ्ना वस्तु तथा परियोजनाहरु विना कुनै शुल्क चिनियाँ तथा एसियाली उद्यमीहरु माझ प्रस्तुत गर्न सक्छन् । अनलाइनमा हरेक कम्पनीका लागि आˆना सामान तथा परियोजनाका फोटो तथा जानकारी राख्नका लागि छुट्टै पेज उपलब्ध गराइनेछ ।’

यो वर्ष मेला सञ्चालनलाई अझ व्यवस्थित बनाइएको छ । वस्तुहरुको प्रदर्शनलाई सजिलो बनाउन ती सामानहरुको कस्टम क्लियरेन्स तथा व्यापार छलफलको लागि पनि सहजीकरणको व्यवस्था गरिएको छ ।

‘हरेक उद्यमीले आफैं आधिकारिक वेबसाइटमा गएर आफ्नो कम्पनीलाई दर्ता गर्न सक्नेछन् । आयोजकले तपाईंको कम्पनी र वस्तुको प्रकृति हेरेर उपयुक्त स्थल सुझाउनेछन्,’ नेपाल-भुटान सिमापार प्रतिनिधि कार्यालयका निर्देशक लिङचेङ यु भन्नुहुन्छ ।

नेपालीहरु अनलाइनबाट मात्रै मेलामा सामेल हुन सक्ने भए पनि उनीहरुका वस्तु प्रदर्शन स्थलमा राख्नका लागि एजेण्टमार्फत चीन पनि पठाउन सकिने उहाँले बताउनुभयो ।

सन् २०१५ मा स्थापना भएको यस प्रतिनिधि कार्यालयले उर्जा, होटल, पर्यटन, फूल व्यवसाय, कृषि लगायतका क्षेत्रमा नेपाललाई चीनका व्यापारीसँग सहकार्यका लागि सहजीकरण गर्दै आएको छ ।

नियमित महोत्सव बाहेक यो वर्ष कार्यक्रममा एशिया लिंक, सीमापार लगानी साझेदारी, सेवाको व्यापार, सीमा व्यापार, अनलाइन व्यापार लगायतका विभिन्न विषयमा छुट्टाछुट्टै प्रदर्शन तथा छलफल पनि हुनेछ ।

यस महोत्सव स्थलमा हुने कार्यक्रमहरु महामारी नियन्त्रणका सम्पूर्ण व्यवस्था साथ हुने आयोजकले जनाएको छ ।

यही पाँच दिने महोत्सवको अवसरमा तेस्रो चीन-दक्षिण एशिया सहकार्य मञ्च, १५ औं चीन-दक्षिणपूर्वी एशिया व्यापार मञ्च, आठौं चस्न-दक्षिण तथा दक्षिणपूर्वी एशिया थिंकट्यांक मञ्च लगायतका कार्यक्रमहरु पनि सञ्चालन गरिनेछन् ।

गएको डिसेम्बर महिनामा पनि युनानले चीन-दक्षिण एशिया महोत्सवको आयोजना गरेको थियो । कोभिड-१९ का कारण अनलाइनमा मात्र सीमित गरिएको उक्त मेलामा १० हजार उद्यमी व्यवसायीहरु सहभागी भएका थिए भने एक हप्तामा ५ खर्ब डलर भन्दा बढीको कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?