+
+

जावा मोटरसाइकलको शोरूम नेपालगञ्जमा उद्घाटन

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ७ गते १८:१५

नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिले नेपालगञ्जको भुजाई गाउँ चोकमा जावा मोटरसाइकलको विशिष्ट शोरूम खोलेको छ ।

यो नयाँ आउटलेटको उद्घाटनसँगै, अग्नि मोटोइंकले नेपालगञ्जमा जावाप्रेमीहरूको लागि आˆनो लोकपि्रय मोडेलहरूमा सुलभ पहुँच प्रदान गर्दछ, र ‘जावा लाइफ’ को अनुभव गर्ने मौका प्रदान गर्छ ।

अग्नि मोटोइन्क प्रा.लिका महाप्रबन्धक श्री शरद मिश्रले शोरूम उद्घाटनका क्रममा भने, ‘हाम्रा सबै ग्राहकहरू र यस क्षेत्र वरपरका ग्राहकहरूलाई कम्पनी तथा यसका सबै गुणस्तरीय सेवाहरूमा अधिकतम सुविधाजनक र किफायती पहुँचसहित थप लाभ पुर्‍याउने उद्देश्य राखेर पूर्ण रूपले सञ्चालित सुसज्जित सेवा केन्ऽसहित यो नयाँ जावा शोरूम स्थापना गरिएको हो ।’

कम्पनीका अनुसार मोटरसाइकल प्रेमीहरूले अब जावा, जावा फोर्टी-टु र फ्याक्ट्री-निर्मित पहिलो बब्बर पेराक मोडलसहित जावा मोटरसाइकलका विभिन्न मोडल बुक गर्न सक्नेछन् तथा नेपालगञ्जको केन्द्र र वरिपरिका क्षेत्रमा ‘टेस्टराइड’को लागि पहुँच प्राप्त गर्न सक्नेछन् ।

जावा यसअघि नै नेपालमा निकै कम समयमा लोकपि्रय भइसकेको छ र मोटरसाइकल प्रेमीहरूकाबीच एक राम्रो विकल्प बन्न पुगेको छ । यो नेपाली बजारमा अग्नि मोटो इंक बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल र भैरहवाका विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा सुलभ रूपमा उपलब्ध भइसकेको छ ।

नेपालगञ्जमा जावा शोरूमको नयाँ उद्घाटनसँगै, कम्पनीले देशमा क्लासिक मोटरसाइकल वर्ग -सेगमेन्ट)लाई पुनः परिभाषित गरिदिएको छ, जुन वास्तविक क्लासिक स्टाइलका साथ छ, जसले आधुनिक रेट्रो मोटरसाइकलहरूलाई आधुनिक प्रविधिसँग ‘प्याक’ गरिएको छ ।

जावा एक प्रामाणिक र प्रतिष्ठित ब्रान्ड भएकोले यसले निश्चित रूपमा मोटरसाइकल प्रेमीहरूको स्वायत्त चाहनालाई पूरा गर्दछ र उनीहरू नयाँ जावाको पौराणिक क्लासिक अझै फेसनेबल लुक र यसको बलियो निर्माण सुविधाहरूले गर्दा नेपालगञ्जमा हाम्रा ग्राहकहरूबीच तत्काल हिट हुने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?