+
+

काजाखस्थानले जित्यो सेन्ट्रल एसियन भलिबल च्यालेन्ज कप

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ८ गते १०:२०

८ भदौ, काठमाडौं । कजाखस्थानले पहिलो सेन्ट्रल एसियन सिनियर भलिबल च्यालेन्जकपको उपधि जितेको छ । उज्वेकिस्तानमा भएको च्यालेन्ज कपमा कजाखस्थान महिला र पुरुष दुवैमा च्याम्पियन बनेको हो ।

कजाखस्थानले पुरुषतर्फको फाइनलमा किर्गिस्तानलाई सोझो सेटमा हराउँदा महिलातर्फ उज्वेकिस्तानलाई ३-१ को सेटमा पराजित गेको एसियन भलिबल कन्फेडेरेसनले जनाएको छ ।

पुरुषतर्फ उज्वेकिस्तान तेस्रो र महिलातर्फ किर्गिस्तान तेस्रो भयो । ताजिकिस्तान भने दुवैतर्फ चौथो अर्थात अन्तिम स्थानमा रह्यो ।

सेन्ट्रल एसियन भलिबल एसोसिएसनको आयोजनामा ६ दिन चलेको प्रतियोगिता सेन्ट्रल एसियाका उत्तरी क्षेत्रका चार टिमले प्रतिस्पर्धा गरेका थिए ।

च्यालेन्ज कपको शीर्ष स्थानमा रहने टिमले आगामी सेप्टेम्बरमा हुने सेन्ट्रल एसियन भलिबल च्याम्पियनसिप खेल्न पाउने एसियन भलिबल कन्फेडेरेसनले जनाएको छ । सेन्ट्रल एसियन भलिबल च्याम्पियनसिपको महिलातर्फ खेल भारत र पुरुषतर्फको खेल इरानमा हुनेछ ।

यसअघि सेन्ट्रल जोनको नाममा प्रतियोगिता हुने गरे पनि यस पटक भने सेन्ट्रल जोनकै राष्ट्रहरुबीच पनि फरक समूहमा खेल भएको छ ।

नेपाल, बंगलादेश, माल्दिभ्स, भुटान लगायत देश सम्मलित साउथ एसियन भलिबल च्यालेन्ज कप आगामी डिसेम्बरमा हुने तय गरिएको छ ।

(फोटो: एसियन भलिबल कन्फेडेरेसन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?