+
+

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस भन्छिन् -इन्डोप्यासेफिक रणनीति कुनै मुलुकविरुद्ध लक्षित छैन

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ८ गते १०:४१

८ भदौ, काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले चीनतर्फ संकेत गदै इन्डोप्यासेफिक रणनीतिक कुनै एक मुलुकविरुद्ध लक्षित नरहेको बताएकी छन् । चीनले सो रणनीति आफूविरुद्ध रहेको बताइरहेको बेला उनको सो अभिव्यक्ति आएको छ ।

एसिया प्रशान्त क्षेत्रको पहिलो भ्रमणका क्रममा सोमबार सिंगापुर पुगेकी ह्यारिसले इन्डोप्यासेफिक रणनीति कुनै एक मुलुक छनौट गर्नका लागि लक्षित नभएको उल्लेख गरिन् ।

विशेषत यस क्षेत्रका मुलुकले अमेरिका वा चीनमध्ये एक रोज्नुपर्ने बाध्यता आइपरेको भनी बहस भइरहेको समयमा अमेरिकी उच्च नेतृत्वबाट यस्तो अभिव्यक्ति आएको हो ।
सिंगापुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले इन्डोप्यासेफिक क्षेत्र आफूहरुको लागि निकै महत्वपूर्ण क्षेत्र भएको समेत बताइन् ।

‘हाम्रो मुलुकको सुरक्षा र समृद्धिको लागि निकै महत्वपूर्ण छ । हाम्रा महत्वपूर्ण साझेदार र मित्रहरु यस क्षेत्रमा छन्’ ह्यारिसले भनिन्,’यस क्षेत्रको स्थायित्व र शान्तिको लागि हामीले स्पष्ट भिजन अगाडी सारेका छौ ।’

उनले यो क्षेत्रमा मानव अधिकारको रक्षाको लागि काम गरिरहेको समेत उल्लेख गरेकी छन् । एसिया क्षेत्रमा अमेरिकाको भिजनलाई अझ जोडतोडका साथ उठाउन आफू सिंगापुरको भ्रमणमा आएको समेत उनले बताइन् । अमेरिकाले खुला र स्वतन्त्र इन्डोप्यासेफिकको पक्षमा आफूहरु उभिएको र यसले अमेरिका र क्षेत्र क्षेत्रमा मुलुकहरुको चासो सम्बोधन गर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?