+
+

पर्सागढीले नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ८ गते १३:२९

८ भदौ, वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाले नगर क्षेत्रका विरामीलाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ ।

नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी पर्सा शाखासँग निःशुल्क रगत उपलब्ध गराउनेबारे सहमति गरेको हो ।

रेडक्रस पर्साका मन्त्री शैलेन्द्र कुमार चौरसिया र पर्सागढीका प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवबीच निःशुल्क रगत उपलब्ध गराउने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले वीरगञ्जमा रक्तसञ्चार केन्द्र सञ्चालन गर्दै आएको छ ।

अबदेखि रक्तसञ्चार केन्द्रले पर्सागढीका विरामीलाई उपलब्ध गराउने रगत वर्गीकरण, रगत राख्ने ब्याग, क्रस म्याचिङ, ग्रुपिङ एवं परीक्षण वापतलाग्ने शुल्क नगरपालिकाले बेहोर्नेछ ।

सम्झौतापत्रमा विरामीको उपचारको कागजको प्रतिलिपि, नगरपालिकाको सिफारिस वा बिरामीको नागरिकताको प्रतिलिपि उपलब्ध गराएपछि रक्तसञ्चार केन्द्रले आवश्यक रगत उपलब्ध गराउने र प्रत्येक महिनाको ५ गतेसम्म रक्तसंचार केन्द्रबाट उपलब्ध गराइएको रगतको भुक्तानी नगरपालिकाले रेडक्रसलाई गर्नुपर्ने उल्लेख गरिएको छ ।

यसअघि पर्साको बहुदरमाई नगरपालिकाले नगरवासीलाई आवश्यक पर्दा निःशुल्क रगत उपलब्ध गराउने गरी रेडक्रससँग सम्झौता गरेको थियो ।

जिल्लाका सबै पालिकालाई निःशुल्क रगत उपलब्ध गराउन प्रेरित गरिरहेको नेपाल रेडक्रस सोसाईटी पर्सा शाखा सभापति विरेन्द्रराज कँडेल बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?