+
+

सभामुख सापकोटाको दाँतको माइनर सर्जरी

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ८ गते १३:५१

८ भदौ, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको दाँतको माइनर सर्जरी गरिएको छ ।

वीर अस्पतालको डेन्टल विभागमा मंगलबार विहान ११ः४० बजे सभामुख सापकोटाको माइनर ओरल सर्जरी गरिएको सभामुखको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार सर्जरी गरेर उनको दायाँ पट्टि तल्लो भागको एउटा दाँत निकालिएको हो ।

डेन्टल विभागकी प्रमुख डा. शैली प्रधान, डा. किशोर भण्डारी लगायतको चिकित्सकहरुको टोलीले चेकजाँच पश्चात सभामुख सापकोटोको दाँतको सफलता पूर्वक सर्जरी गरेका हुन् ।

सभामुख सापकोटाको दाँतमा समस्या आएपछि एक महिना अघि सर्जरीको समय लिइएको थियो । सर्जरीमा संलग्न चिकित्सकहरुले उपचार प्रक्रिया जारी रहेको बताएका छन् । चिकित्सकको सुझावअनुसार सभामुख सापकोटा निवासमा आराममा गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?