+
+

फल्चा निर्माणका लागि दबाब दिन पुल्चोकमा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ८ गते १५:३०

८ भदौ, काठमाडौं । ललितपुरको पुल्चोक क्षेत्रका वासिन्दाले सम्य फल्चालगायत फल्चाहरुको निर्माणको माग गर्दै प्रदर्शन गरेका छन् । सानो पाइला, आदिवासी नेवा: जागरण अभियान यल र सेभ नेपा भ्यालीको आयोजनामा विरोध कार्यक्रम गरिएको थियो ।

नेवार समुदायको परम्परागत फल्चाहरु नासिएको तर पुनर्निर्माणमा विभिन्न अवरोध भएको भन्दै ललितपुरका वासिन्दाले प्रदर्शन गरेका हुन् ।

ललितपुरको पुल्चोकमा महानगरपालिकाले फल्चा निर्माण गर्न खोज्दा अवरोध भएको थियो । स्थानीय लालीगुराँस सहकारीले फल्चा निर्माण हुन लागेको जग्गा दावी गरेपछि फल्चा निर्माणमा अवरोध भएको थियो ।

पुल्चोक क्षेत्रका वासिन्दाले मंगलबार सोही फल्चा निर्माणस्थलमा प्रदर्शन गरेका हुन् । नेवार समुदायमा सामुदायिक विषयमा छलफल, साँस्कृतिक कार्यक्रमहरु प्रदर्शनका लागि सार्वजनिक स्थलमा फल्चा निर्माण गर्ने प्रचलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?