+
+

वीरमा १५८ कोभिड बेड खाली, पोस्ट कोभिडका बिरामीलाई सेवा लिन आउन आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ८ गते १६:०१
फाइल तस्वीर

८ भदौ, काठमाडौं । कोभिड-१९ युनिफाइड अस्पताल वीरमा १५८ कोभिड बेड खाली भएका छन् ।

अस्पतालका प्रशासकीय अधिकारी डा. भुपेन्द्र बस्नेतका अनुसार केही भेन्टिलेटरसहितको आईसीयू र हाइडिपेन्डेन्सी युनिट (एचडीयू) गरी १५८ बेड  खाली छन् ।

संक्रमितको चाप बढेर अन्य अस्पतालमा बेड मिलाउन हम्मेहम्मे रहेको अस्पतालका कोभिड फोकल पर्सनहरु बताउँछन् । पाटन, टेकु र त्रिवि  शिक्षण अस्पतालमा जनरल बेड खाली भएतापनि भेन्टिलेटर पाउन मुस्किल रहेको अस्पतालका अधिकारीहरु बताउँछन् ।

बस्नेतका अनुसार  बिरामीको चाप बढेमा एक सातामै ५ सय बेड सञ्चालन गर्न सकिने गरी तयारी भइरहेको छ । ‘अहिले कोरोना बिरामीका लागि तयारी अवस्थामा राखेको २७० बेड पूरा नभरिएकाले हामीले अन्य बेड  सञ्चालनमा ल्याएका छैनौं, बिरामीको चाप बढ्नासाथ हामी ५ सय शय्याको क्षमतामा चलाउँछौं’ डा. बस्नेतले भने ।

मंगलबार साँझसम्म वीर अस्पतालमा १ सय १२ जना कोरोना संक्रमितले उपचार गरिरहेका छन् । जसमध्ये ६० जना एचडीयू, १७ जना आईसीयू र १५ जना भेन्टिलेटरमा उपचारत छन् ।  त्यसैगरी १२ जना जनरल बेडमा उपचाररत छन् ।

वीरमा फिभर क्लिनिक, कोरोनाका बिरामीलाई ओपीडी र पोस्ट कोभिडका लागि समेत ओपीडी चलाइएको डा. बस्नेत बताउँछन् । उनका अनुसार अबको एक साता भित्रमा वीरको सर्जिकल भवनमै पीसीआर ल्याब चलाउने गरी तयारी हुँदैछ ।

‘हामीले बिरामी वीरमा छिरेपछि अन्य सेवा लिन अन्य अस्पताल जान नपरोस् भनेर सम्पूर्ण सेवाहरु दिन थालेका छौं, तर बिरामीहरु आउनु भएको छैन्,’ डा. बस्नेत भन्छन्, ‘ पोस्ट कोभिड ओपीडी होस् या कोरोनाको संक्रमण सिधै वीर अस्पताल आएमा सेवा नपाइ फर्कनु पर्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?