+
+

सुरक्षा व्यवस्था बलियो बनाउन मुख्यमन्त्री राउतको निर्देशन  

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ८ गते १७:५९

८ भदौ, जनकपुरधाम । प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले सुरक्षा व्यवस्था मजबुत बनाउन सुरक्षा निकायका अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

प्रदेशको सुरक्षा सम्बन्धमा मंगलबार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजना गरिएको  बैठकमा मुख्यमन्त्री राउतले सुरक्षा व्यवस्था मजबुत बनाउन निर्देशन दिएका हुन् ।

प्रदेशको सुरक्षा अवस्थाबारे जानकारी लिँदै मुख्यमन्त्री राउतले चुस्तदुरूस्त अवस्थामा सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिए ।

बैठकमा सहभागी भएका सुरक्षा अधिकारीहरुले प्रदेशको सुरक्षाबारे ब्रिफिङ गर्दै अगामी योजनाबारे जानकारी गराएका थिए ।

बैठकमा प्रदेश सरकारका प्रमुख सचिव हरिप्रसाद मैनाली, प्रहरी नायब महानिरीक्षक उमेश रंजितकार, सशस्त्र प्रहरी नायब महानिरीक्षक सीपी गौतम, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, नेपाली सेनाका निमित्त बाहिनीपति महासेनानी पूर्णप्रसाद ढकालसहितको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?