+
+

घरेलु कामदारको रुपमा काम गर्नेछ टेस्ला रोबोट, केही महिनामै तयार हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ८ गते १८:४८

८ भदौ, काठमाडौं । विद्युतीय कार निर्माता कम्पनी टेस्लाका सिइओ अर्बपति एलन मस्कले एउटा महत्वपूर्ण घोषणा गरेका छन् ।

टेस्ला कम्पनीले एक मानवरुपी (ह्युमानोइड) रोबोट बनाउन गैरहेको र उक्त रोबोटले घरेलु कामदारको रुपमा काम गर्ने उनको दाबी छ । आगामी वर्षसम्ममा यो रोबोटको प्रथम प्रारुप अर्थात् प्रोटोटाइप तयार गरिने मस्कले बताएका छन् ।

यो रोबोटलाई खासगरी जोखिमपूर्ण तथा दिक्कलाग्दा काम, जुन प्रायः मानिसहरुले गर्न चाहँदैनन्, त्यस्ता काम गर्नका लागि डिजाइन गरिएको हा । टेस्ला रोबोटको उचाइँ ५.८ इन्च र वजन १२५ पाउण्ड हुनेछ ।

टेस्लाको एक कार्यक्रममा बोल्दै अर्बपति व्यवसायी एलन मस्कले बताए अनुसार उक्त रोबोटले कारका पेचकिला कस्नुका साथै पसलहरुमा किराना सामानहरु ल्याउने लगायतका काम पनि गर्न सक्नेछ । टेस्लाका कारखानामा अटोमेटेड मेसिन र अनुभवको फाइदा यो रोबोटलाई मिल्नेछ र उत्कृष्ट तरिकाले यसको निर्माण गरिनेछ ।

यो रोबोटमा टेस्लाले अटो पाइलट ड्राइभर असिस्टेन्टको केही हिस्साको पनि प्रयोग गर्नेछ । यसमा हार्डवेयर तथा सफ्टवेयर दुबै हुनेछन् ।

मस्कका अनुसार यस रोबोट मानिसका लागि साथीजस्तै हुनेछ तर मानिसलाई जित्न सक्नेछैन । उक्त रोबोटमा अनुहारको रुपमा स्क्रिन रहनेछ ।

श्रमिकको अभाव हट्ने

एलन मस्कले कम्पनीमा काम गर्ने श्रमिकहरुको अभावतर्फ संकेत गर्दै उक्त रोबोटले अर्थव्यवस्थाका लागि गहन प्रभाव पार्ने जिकिर गरेका छन् । तथापि यो रोबोटलाई सस्तो र सुलभ बनाउनु टेस्लाका लागि चुनौतिको विषय रहेको मस्क स्विकार्छन् ।

पछिल्लो समय टेस्लाको full self driving advanced driver assistant system को सुरक्षा र क्षमताका विषयमा जाँच चलिरहेको बेला कम्पनीले सोही प्रविधियुक्त रोबोट निर्माण गर्ने चर्चा चलेको हो ।

स्मरण रहोस् टेस्लाको ड्राइभर असिस्टेन्ट सिस्टमयुक्त कारहरु रोकिराखेका पुलिसका गाडी तथा दमकलहरुमा ठक्कर खाएर दुर्घटना भएका घटनाहरुको बारेमा अमेरिकी सुरक्षा नियामक निकायले टेस्लाको उक्त प्रणालीको अनुसन्धान सुरु गरेको छ ।

दुईजना अमेरिकी सिनेटरहरुले टेस्लाको full self driving system को दाबीमाथि छानबिन गर्न फेयर ट्रेड कमिशन समक्ष आग्रह गरेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?