+
+

नागरिक उड्डयन प्राधिकरणका कर्मचारीको आन्दोलन स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ९ गते १७:११

९ भदौ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गर्न लागेको भन्दै आन्दोलनमा उत्रिएका कर्मचारीहरुले आन्दोलन स्थगित गरेका छन् ।

प्राधिकरण व्यवस्थापन पक्ष र कर्मचारी संगठनहरुबीच मंगलबार सहमति भएसँगै महानिर्देशकको कार्यकक्षमा लगाएको ताला समेत खोलेर कामकाज सुचारु गर्न कर्मचारीहरुले राजी भएका छन् ।

सहमति अनुसार अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन, यूरोपेली यूनियन र अन्य नागरिक उड्डयनसँग सम्बन्धित अन्तर्राष्ट्रिय संघ संस्थाले नेपालको उडान र हवाई सुरक्षाको अडिटका क्रममा उठाएका गम्भीर सुरक्षा चासो सम्बोधन गर्न विभिन्न ऐन तथा नियमावलीको संशोधन गर्न दुबै पक्ष सहमति भएका छन् ।

अहिले नेपाल नागरिक उड्डयन प्राधिकरणको संस्थागत संरचना बदल्ने उद्दश्यसहित ऐन संसदमा विचाराधिन अवस्थामा रहेको छ । सो ऐन अगाडी बढेसँगै कर्मचारी आन्दोलनमा उत्रिएका थिए । सहमति अनुसार विद्यमान प्राधिकरणको संस्थागत संरचना रुपान्तरणसँग सम्बन्धित विधेयकसंघीय संसदमा विचाराधिन अवस्थामा रहेकोबारे प्राधिकरणमा कार्यरत कर्मचारीसँग संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा छलफल गराउने सहमति समेत भएको छ ।

कोरोना महामारीको प्रतिकुल अवस्थामा काम गरेका कर्मचारीको मूल्यांकन गर्दै सो अवधिको अतिरिक्त लकडाउन भत्ता तथा प्राविधिक ग्रेडबारे पहिलो वा दोस्रो बोर्ड बैठकबाट र अदालतको फैसला बमोजिम पाउनु पर्ने बोनस कर्मचारी र व्यवस्थापन पक्षको पहलबाट १५ दिन भित्र उपलब्ध गराउने सहमति समेत जुटेको छ ।

सहमति पत्र अनुसार बाहिरी विमानस्थलहरुको अपरेशन आवर परिवर्तन गर्ने सम्बन्धी आन्तरिक विमानस्थल सञ्चालन निर्देशिकामा भएको संशोधन खारेज गर्ने सहमति समेत भएको छ । अब पुरानै अपरेशन आवर कायम हुने भएको छ ।

विगतमा प्राधिकरण व्यवस्थापले तत्कालिन आधिकारिक कर्मचारी ट्रेड यूनियनसँग गरेको सहमति अनुसार सामूहिक कर्मचारी आवास गृह सम्बन्धी प्रावधान बहुवर्षिय परियोजनाका रुपमा अगाडि बढाउन समेत व्यवस्थापन तयार भएको छ । आन्दोलनका क्रममा कर्मचारीले व्यक्त गरेका बिचार तथा मन्तब्यका कारण प्रतिशोधपूर्ण व्यवहार र कुनै पनि आग्रह पुर्वाग्रह नराख्ने सहमति जुटेको छ ।

यससँगै महानिर्देशकको कार्यकक्षमा लागेको ताला खोलेर काम गर्ने वातावरण बनाउन समेत कर्मचारी तयार भएका छन् ।

हेर्नुहोस् सहमित पत्र :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?