+
+

चिम्पान्जीसँग प्रेम सम्बन्ध रहेको भन्दै महिलालाई चिडियाखानामा प्रतिबन्ध

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १० गते १३:४४

मानिसहरु जनावरप्रेमी हुनु अर्थात् जनावरलाई माया गर्नु स्वभाविकै हो । तर कहिलेकाहीँ जनावरप्रतिको माया साँच्चीकै विपरीत लिंगी मानिससलाई गर्ने मायाजस्तै तथा आशक्तिमा परिणत हुँदो रहेछ ।

बेल्जियममा एकजना महिला यसैगरी चिम्पान्जीको प्रेमजालमा फसेकी छिन् । चिडियाखानामा रहेको एउटा चिम्पान्जीप्रति उनको प्रेम र आशक्ति यतिधेरै बढ्यो कि उनी आफैले आफु र चिम्पान्जीको बीचमा प्रेम सम्बन्ध रहेको स्विकार गरिन् । उनको त्यो अस्वभाविक व्यवहारका कारण चिडियाखानाले उनीमाथि प्रतिबन्ध नै लगाउनु परेको छ ।

बेल्जियमको एन्तोएर्प चिडियाखानाले ती महिलालाई चिडियाखाना भित्र छिर्न प्रतिबन्ध लगाएको हो ।

चिडियाखानाका अधिकारीहरुले ती महिलाले त्यहाँ रहेको एक चिम्पान्जीसँग अस्वभाविक रुपमा धेरै समय बिताएको देखेपछि चनाखो भएका थिए । पछि ती महिलासँग त्यसबारेमा सोधपुछ गर्दा उनले आफु उक्त चिम्पान्जीसँग प्रेमसम्बन्धमा रहेकोले धेरै समय बिताएको खुलासा गरेकी थिइन् ।

एडी टिमरम्यान नामकी ती महिला हरेक हप्ता सो चिडियाखानामा आउने र ३८ वर्षको चिता नामक चिम्पान्जीको नजिक गएर कुराकानी गर्ने र लामो समय बिताउने गर्दथिन् ।

काँचको पिँजडाभित्र रहेको चिम्पान्जी र उनीबीच एक अर्कालाई हात हल्लाउने, काँचमा टाँसिएर चुम्बन गर्नेलगायतका क्रियाकलाप दिनभर चल्दथ्यो ।

उनको यस्तो क्रियाकलाप ४ वर्षसम्म लगातार चलेपछि चिडियाखानाका अधिकारीहरुले त्यस्तो अस्वभाविक मित्रताका विषयमा छानबिन अगाडि बढाए ।

त्यसक्रममा टिमरम्यानले आफूले चिम्पान्जीलाई माया गर्ने र उसले पनि आफूलाई माया गर्ने गरेको दाबी गरिन् । आफूहरूबीच प्रेम सम्बन्ध रहेको तर कुनै अनैतिक सम्बन्ध कायम नगरेको उनको भनाइ छ ।

चिडियाखानाका अधिकारीहरुले भने त्यस्तो प्रेम सम्बन्धले उक्त चिम्पान्जीलाई उल्टै असर गरेको र चिडियाखानामा रहेका अन्य चिम्पान्जीहरुसँगको उसको सम्बन्ध विकासमा बाधा पुगेको बताएका छन् ।

महिलाको प्रेममा फसेको उक्त चिम्पान्जीलाई उसको समूहका अन्य सदस्यहरुले मतलब नै गर्न छाडेको र एकलकाटे बन्दै गएको अधिकारीहरुको भनाई छ ।

उता ती महिलाले भने आफुलाई चिडियाखानामा प्रतिबन्ध लगाउँदा चिम्पान्जी र आफू दुवै निरास भएको बताएकी छिन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?