+
+

थप २,४३३ जनामा कोरोना संक्रमण, २६ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १० गते १७:१०

१० भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २,४३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,७०२ पीसीआर परीक्षणमा २,०५२ जना र ४,६७२ एन्टिजेन परीक्षणमा ३८१ जना गरी २४३३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १९२९ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण २६ जनाले ज्यान गुमाएका छन् ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५४ हजार ९१५ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ६३८ पुगेको छ भने ७ लाख ५ हजार ८९३ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३८४ जना रहेका छन् । जसमध्ये ३५ हजार ३५४ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६२० जना आईसीयू र १६५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ५४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय ७७ जना कोरोना संक्रमित थपिएका छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ५६१, कास्कीमा २५२, झापा र चितवनमा १५३/१५३ जना, ललितपुरमा १०६ र मोरङमा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सुनसरीमा ७१, भक्तपुरमा ६६, रुपन्‍देहीमा ५१, मकवानपुरमा ४६, कैलालीमा ४३, नवलपरासी पुर्वमा ४०, नुवाकोटमा ३६, बाँकेमा ३५, पर्वतमा ३०, सुर्खेतमा २५ जना कोरोना संक्रमित थपिएका छन् ।

बागलुङमा १९, गोरखामा १८, काभ्रेपलाञ्चोक र जुम्लामा १६/१६ जना, इलाममा १५, सिन्धुली, तनहुँ र स्याङजामा १४/१४ जना, म्‍याग्दी र दाङमा १२/१२ जना, पाल्पामा ११ जना तथा धनकुटामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?