+
+

महाधिवेशनका लागि निधिले खोले सम्पर्क कार्यालय

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १० गते १७:१८

१० भदौ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४ औं महाधिवेशनलाई लक्षित गरी सम्पर्क कार्यालय खोलेका छन् ।

१४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका निधिले नियमित भेटघाट र महाधिवेशनसँग सम्बन्धित गतिविधि गर्नका लागि सम्पर्क कार्यालय खोलेका हुन् ।

निधिले नयाँ बानेश्वरस्थित बानेश्वर ब्यांकेटमा सम्पर्क कार्यालय राखेका छन् । उनले शुक्रबार अपरान्ह सम्पर्क कार्यालय उद्घाटन गर्ने गर्ने तयारी गरेका छन् ।

संस्थापन समूहमा रहेका उपसभापति निधिले सभापतिका लागि लामो समयदेखि तयारी अगाडि बढाएका छन् । उनले सभापति शेरबहादुर देउवासँग सहयोगका लागि आग्रह गरिसकेका छन् भने संस्थापनइतर समूहका सभापतिका आकांक्षीसँग पनि निरन्तर संवाद गर्दै आएका छन् ।

सर्वसम्मत उम्मेदवार चयन हुने अवस्था नभए आफू सभापतिको उम्मेदवारबाट पछि नहट्ने निधिले बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?