+
+

भाडा समायोजन गर्ने सहमतिसँगै पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १० गते १७:५०

१० भदौ, काठमाडौं । प्राविधिक प्रतिवेदनको आधारमा पेट्रोलियम पदार्थको ढुवानी भाडा समायोजन गर्न नेपाल आयल निगम र पेट्रोलियम ढुवानी व्यवसायीबीच समझदारी भएको छ ।

नेपाल आयाल निगम र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच बिहीबार भएको वार्तामा सहमित भएसँगै व्यवसायीहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।

लामो समयदेखि ढुवानी भाडा नबढेको भन्दै आन्दोलित व्यवसायीले मंगलबारदेखि देशका विभिन्न प्रदेशका डिपोहरुबाट पेट्रोलियम पदार्थको अग्रिम खरिद बुकिङ नलिने आन्दोलन थालेका थिए ।

निगमले यसअघि गठन गरेको प्राविधिक कमिटीको प्रतिवेदनको आधारमा ढुवानी भाडा समायोजन गर्ने सहमति भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । भाडा समायोजनमा सरकारको राजश्व शुल्क, भारत सरकारले लिने सडक दस्तुर, भन्सार एकीकृत भन्सार चौकी जाँच शुल्क, परिमाण मापन शुल्क तथा र्च एवं विस्फोटन प्रमाणपत्र शुल्क लगायतलाई आधार बनाइने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?