+
+

नयाँ टाटा सफारी अब नेपालमा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १० गते १९:१८

१० भदौ, काठमाडौं । टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले नेपाली बजारमा प्रिमियम एसयूभी नयाँ टाटा सफारी सार्वजनिक गरेको छ।

बिहीबार सार्वजनिक गरिएको नयाँ टाटा सफारीको शुरुवाती मूल्य ८१ लाख ९९ हजार रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सात सिट क्षमताको यस गाडी आरामदायी, उत्कृष्ट कार्यक्षमता र शानको बेजोड सम्मिश्रण रहेको छ ।

आधुनिक युगका शक्तिशाली एवं आकर्षक एसयूभी रुचाउने ग्राहकहरुलाई नयाँ सफारीले आकर्षित गर्ने कम्पनीको दावी छ ।

कम्पनीका अनुसार साहसिक व्यक्तित्व (एडभेन्चर पर्सोना ) झलक दिने नयाँ सफारीको डिजाइन ग्राहकहरुको इच्छा र आकांक्षा अनुरुप आकर्षक, बलियो र “स्पोर्टी” रहेको छ। “ट्रोपिकल मिस्ट” रंग स्किममा उपलब्ध नयाँ सफारी भारतका विविध प्रकारका भू–भागमा प्रशस्त पाइने वनस्पतिहरुको सौन्दर्यबाट प्रभावित/प्रेरित छ । नेपाल पनि यस्तै वनस्पतिहरुले भरिपूर्ण भएकोले नयाँ सफारी यहाँको लागि पनि अत्यन्त सुहाउँदो रहेको छ। सिप्रदीको नेपालभर रहेका टाटा मोटर्स्का शो–रुमहरु मार्फत नयाँ सफारी अवलोकन तथा टेस्ट ड्राइभको लागि उपलब्ध छ ।

नयाँ टाटा सफारीको नेपालमा विक्री वितरणबारे टाटा मोटर्स्का प्यासेन्जर भेहिकल इन्टरनेशनल विजनेसका प्रमूख मायांक बाल्डी भन्छन्, “हामी नेपाली बजारमा प्रिमियम फ्लैगशिप एसयूभी नयाँ सफारीको विक्री वितरण गर्न पाउँदा अत्यन्त हर्षित भएका छौं । उत्कृष्ट डिजाइन, सुरक्षित र आरामदायी टाटा “फरेभर रेञ्जका” गाडीहरुको तीन आधार स्तम्भहरु हुन् र यी आधार स्तम्भहरु हाम्रो दृढ प्रतिवद्धताको उपज हो ।’

ओमेगा आर्किटेक्चरमा तयार पारिएको यस गाडीको डिजाइन कार्य क्षमताको दृष्टिकोणले उत्कृष्ट छ भने यसमा प्रख्यात जेएलआर पेडिग्री जस्तो उच्च कोटीको प्राविधिक गुणहरुको प्रयोग गरिएको कम्पनीले जनाएको छ ।

यसैगरी, आकर्षक डिजाइन भएको यस गाडीका अन्यविशेषताहरु पनि सर्वोत्कृष्ट रहेका छन् । नयाँ टाटा सफारीले अत्यन्त द्रूत गतिमा अगाडि बढिरहेको एसयूभी बजारमा टाटा ब्रान्डको छविलाई अझै नँया उचाइमा पुर्याउने विश्वास कम्पनीको छ ।

भारतमा ६ महिना भन्दा पनि कम अवधिमै १० हजारभन्दा बढी नयाँ टाटा सफारीको उत्पादन भैसकेको कम्पनीले बताएको छ । नेपाली बजारमा पनि नयाँ टाटा सफारीले सफलता प्राप्त गर्ने विश्वास कम्पनीको छ ।

सिप्रदी ट्रेडिङका प्रमुख सञ्चालन अधिकृत राजेश प्रसाद गिरीले नेपालमा नयाँ सफारीको आगमन टाटासँगको सिप्रदीको व्यापारिक साझेदारीमा एक अर्को कोशेढुंगा भएको बताए । नेपाली ग्राहकहरुको बदलिंदो आकांक्षा एवं जीवनशैलीसँग मेल खाने यस गाडीको प्रयोगमा वृद्धि हुने आशा लिएको उनले बताए । यस वर्षको चाडपर्वको पूर्वसन्ध्यामा नयाँ सफारी जस्तो उच्चतम विशेषता भएको “आइकोनिक” ब्राण्ड नेपाली ग्राहक वर्ग समक्ष प्रस्तुत गर्न पाउँदा आफूहरु उत्साहित रहेको उनले बताए ।

आफ्ना ग्राहकहरुलाई आराम र सुरक्षाको साथै उत्कृष्ट कार्य क्षमताप्रदान गर्न टाटा सफारीको डिजाइन र इन्जिनियरिङ्ग गरिएको कम्पनीले जनाएको छ । २.० लिटरको टर्बो चार्ज काइरोटेक इन्जिन भएको यस गाडीमा शहरको बाटो, एक्सप्रेस वे वा विकट क्षेत्रका कच्ची सडकहरुमा नँया र रोमान्चकारी अनुभवका साथ यात्रा गर्न सकिन्छ।

कम्पनीका अनुसार २७४१ मिलिमिटर चौडा व्हिल बेस, म्याजिस्टिक प्यानोरोमिक सन् रुफ, यासवुड फिनिस्ड् ड्यासबोर्ड सहित ओइस्तर सेतो रंग भएको भित्रीभाग र अत्याधुनिक ८.८ इन्चको फ्लोटिङ आइज्ल्यान्ड इन्फोटेन्मेन्ट सिस्टम जडित नयाँ टाटा सफारी नेपाली ग्राहकहरुको लागि एक पूर्ण र प्रशंसा योग्य प्याकेज हुनेछ।

सफारीको नयाँ अवतारमा टाटा मोटर्स्ले ओएमईजीएआरसी अन्तर्गत इम्प्याक्ट २.० डिजाइन ल्यांग्वेजमा आधारित रही ल्याण्ड रोभरको प्रख्यात डि ८ प्ल्याटफर्ममा निर्माण गरेको हो ।

उत्कृष्ट सुरक्षाको लागि उन्नतइ एसपी र बोस मोड जस्ता विशेषताहरु पनि यस ६/७ सिट क्षमताको गाडीमा पाइन्छ। यो कारणले नयाँ सफारी द्रूत गतिमा विकास भइरहेको नेपाली अटोमोबाइलबजारको लागिअत्यन्त उपयोगी छ। निलो , सेतो र खरानी रंगमापाइने यस एसयूभीको एक्सइ देखि एक्सजेटए प्लससम्म ९ वटा मोडेलहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?