+
+

एनआरएनए युवा समिति उपाध्यक्षमा गुरुङको उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ११ गते १९:१६

११ भदौ, काठमाडौं । युवा व्यवसायी हिमाल गुरुङले गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को युवा समिति उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

करिब २ दशकदेखि नेदरल्यान्डमा विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका उनले वर्ष ०२१-२३ सम्मका लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

सन् २०११ देखि एनआरएनएको विभिन्न समितिमा रहेर काम गरेका गुरुङ एनआरएनए नेदरल्यान्ड समितिको सदस्य हुँदै २०१५–१७ मा अध्यक्ष बनेका थिए । उनले वर्ष ०१७–१९ मा एनआरएनए आइसिसी सदस्य र वर्ष २०१९–२१ मा युवा समितीको संयोजक पद सम्हालिसकेका छन् ।

कास्कीको पोखरा महानगर २७ रिठ्ठेपानीमा पुख्र्यौली घर भएका गुरुङले उनले उम्मेदवारी घोषणापछि गैरआवासीय नेपालीहरुको भूमिका अझ फराकिलो भएको हुनाले देशप्रतिको जिम्मेवारी अझै बढेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?