+
+

क्रिप्टोकरेन्सीलाई मान्यता दिने दोश्रो देश बन्दै क्युवा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १२ गते १४:१५

क्युबाले क्रिप्टोकरेन्सीलाई भुक्तानीका लागि मान्यता दिने भएको छ । भुक्तानीका लागि क्रिप्टोकरेन्सीलाई मान्यता तथा नियमन गरिने क्युबाको सरकारले घोषणा गरेको छ ।

बिहीबार त्यहाँको राजपत्रमा प्रकाशित सरकारी घोषणा अनुसार क्रिप्टोकरेन्सीको विषयमा त्यहाँको राष्ट्रबैंकले नियम तय गर्नेछ र यस सम्बन्धी सेवा प्रदायकहरुलाई कसरी लाइसेन्स प्रदान गर्ने भन्ने विषयमा निर्णय गर्नेछ ।

राजपत्रमा प्रकाशित घोषणा अनुसार आर्थिक सामाजिक हितका लागि क्रिप्टोकरेन्सीहरुको प्रयोगलाई केन्द्रीय बैंकले मान्यता दिनसक्ने उल्लेख छ । तर यस्ता कारोबारहरु पूर्ण रुपमा सरकारी नियन्त्रणमा हुने र कुनै अवैध क्रियाकलापमा संलग्न हुन नपाउने विषय पनि उल्लेख गरिएको छ ।

भूतपूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पालमा लागेको कडा प्रतिबन्ध पश्चात् अमेरिकी डलरको प्रयोग कठिन बनेसँगै क्युबामा प्रविधिमैत्री युवापुस्तामाझ क्रिप्टोकरेन्सीको लोकपि्रयता बढेको छ ।

हालैमात्र मध्य अमेरिकी देश एल साल्भाडोरले आफ्ना विश्वभर रहेका आफ्ना नागरिकलाई देशमा रेमिटेन्स भित्राउनका लागि उत्प्रेरित गर्ने भन्दै क्रिप्टोकरेन्सी बिटक्वाइनलाई मान्यता दिने घोषणा गरेको थियो ।

कुनैपनि केन्द्रीय बैंकको नियन्त्रण तथा अनुगमन बाहिर रहने डिजिटल मुद्राको रुपमा रहेका क्रिप्टोकरेन्सीहरुको मूल्य निकै उतारचढावपूर्ण हुने गरेको छ जसमा ब्लकचेन कम्प्युटर कोडको प्रयोग हुन्छ ।

भौगोलिक रुपमा टाढा टाढासम्म कारोबार गर्न सकिने र भुक्तानीकर्ता र प्रापकको परिचय गोप्य रहने हुँदा सरकारी नियमन छल्नका लागि क्रिप्टोकरेन्सीकेा कारोबार निकै सहयोगी हुने गर्दछ । त्यसैले अमेरिकी प्रतिबन्धका बाबजुत क्युबा लगायतका देशमा पैसा पठाउनका लागि क्रिप्टोकरेन्सीको प्रयोग हुने अपेक्षा गरिएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?