+
+

युट्युवमा करोड बढी हेरिएका विष्णु माझीका पाँच गीत

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १३ गते १३:५४

विष्णु माझीको तीज गीत ‘चरी जेलैमा’ यतिबेला सर्वाधिक चर्चामा छ । तीजको मर्म बोकेको गीतलाई सार्वजनिक भएको १० दिनमा ८२ लाख बढी पटक हेरिएको छ । दुई÷तीन दिनमै यस गीतले एक करोड भ्यूज पार गर्ने अनुमान गर्न सकिन्छ ।

विष्णुको दर्जनौं गीत कर्णप्रिय छन् । एकपछि अर्को गीत स्रोता एवं दर्शकको मन–मनमा बसेका छन् । हामी यहाँ युट्युबमा करोड बढी हेरिएका उनका पाँच गीतबारे जानकारी दिँदैछौं ।

सालको पात टपरी : ७ करोड १८ लाख

विष्णु माझी र कुलेन्द्र विश्वकर्माको स्वर रहेको ‘सालको पात टपरी’ तीन वर्ष अगाडि सार्वजनिक भएको हो । नवराज पन्तको शब्द, वसन्त थापाको संगीत रहेको यस गीतमा आशिष अविरलको संगीत संयोजन छ । शिव बि.क.को निर्देशनमा बनेको यस गीतको भिडियोलाई युट्युबमा ७ करोड १८ लाखभन्दा बढी पटक हेरिएको छ । गीतको भिडियोमा अभिनेत्री मरिष्का पोखरेल, गायक कुलेन्द्र विश्वकर्मा र संगीतकार बसन्त थापाको अभिनय छ । यो गीत नेपाली लोकदोहोरीको ईतिहासमा सर्वाधिक हेरिएको गीत हो । ज्ञानेन्द्र शर्माको छायाँकन रहेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।

लालुमै : ३ करोड ५१ लाख
विष्णु माझीको करोड बढी हेरिएको अर्को गीत हो, लालुमै । शिव हमालको शब्द, संगीत र आशिष अविरलको संगीत संयोजन रहेको गीतमा विष्णु र सन्दीप न्यौपानेको स्वर छ ।

दुई वर्ष अगाडि सार्वजनिक गीतको भिडियोलाई अहिलेसम्म युट्युबमा ३ करोड ५१ लाख बढी पटक हेरिएको छ । प्रकाश भट्टको निर्देशनमा बनेको भिडियोमा सन्दीप न्यौपाने र सृष्टि खड्काको अभिनय छ । राजेश घिमिरेको छायाँकन रहेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन् ।

बोकेझार : १ करोड २८ लाख

विष्णु माझी र बसन्त थापाको स्वर रहेको ‘बोकेझार’ शीर्षकको गीत युट्युबमा १ करोड २८ लाख बढी पटक हेरिएको छ । प्रल्हाद सुवेदीको शब्द, बसन्त थापाको संगीत, कृष्ण बि.के भान्जाको संगीत संयोजन रहेको यो गीत दुई वर्ष अगाडि सार्वजनिक भएको हो ।

सुनिल क्षेत्रीको कोरियोग्राफी एवं निर्देशनमा तयार भिडियोमा सुनिल स्वयंमका साथमा रक्षा श्रेष्ठ, श्रीकृष्ण बम मल्ल लगायतको अभिनय छ । नवराज उप्रेतीले खिचेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।

छिप–छिपे पानीमा लेउ : १ करोड १० लाख

विष्णु माझी र पिताम्बर जि.सी.को स्वर रहेको गीत ‘छिप–छिपे पानीमा लेउ’लाई युट्युबमा १ करोड १० लाख बढी पटक हेरिएको छ । यस गीतमा एकनारायण भण्डारीको शब्द, संगीत छ भने आशिष अविरलको संगीत संयोजन छ ।
प्रकाश भट्टको कोरियोग्राफी एवं निर्देशनमा बनेको भिडियोमा अभिनेता दीलिप रायमाझी र अभिनेत्री सुरक्षा पन्तको अभिनय छ । राजेश घिमिरेले खिचेको यस भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन् । दुई वर्ष अगाडि एकनारायण भण्डारी युट्युब च्यानलमा भिडियो सार्वजनिक गरिएको हो ।

पीँडालु : १ करोड ७ लाख

विष्णु माझी र तेजश रेग्मीको स्वरमा दुई वर्ष अगाडि ‘पीँडालु’ शीर्षकको गीत सार्वजनिक गरिएको हो । तेजशकै शब्द र संगीत रहेको गीतमा आशिष अविरलको एरेन्ज छ । यस गीतको भिडियोलाई युट्युबमा १ करोड ७ लाख बढी पटक हेरिएको छ ।

शिव बि.क.को कोरियोग्राफी एवं निर्देशनमा बनेको भिडियोमा कुलेन्द्र विश्वकर्मा, तेजश रेग्मी, रक्षा श्रेष्ठ लगायतको अभिनय छ । रामेश्वर कार्कीको छायाँकन रहेको भिडियोलाई सुजन शाहीले सम्पादन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?