+
+

कोरोनाले स्टेज कार्यक्रम रोकेपनि गीतसंगीत रोकिएको छैनः समिर आचार्य

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १३ गते १४:२९

गायक समिर आचार्य विगत १० बर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय छन् । उनले, एक दशकमा २ वटा एल्बम सार्वजनिक गरेका छन् भने ३ दर्जन गीतमा स्वर पनि भरेका छन् । समिरले कोरोनाका कारण स्टेज कार्यक्रम ठप्प भएपनि गीतसंगीत सार्वजनिक गर्ने बिषयमा भने असर नपरेको बताएका छन् ।

उनले भने–‘कोरोनाका कारण हामी कलाकारलाई पक्कै पनि असर परेको छ । दर्शकसँग प्रत्यक्ष जोडिएर हामीले गीत प्रस्तुत गर्न पाएका छैनन् । तर, गीतसंगीत सार्वजनिक गर्ने क्रम भने रोकिएको छैन । कलालाई केहीले पनि कमजोर बनाउन सक्दैन ।’

सन् २०१६ मा ‘दुनियाँ बेग्लै छ’ बोलको गीत बजारमा आएपछि समिरको चर्चा सुरु भएको हो । यसपछि उनले, ‘पीच रोड, घाममा सुकाइदेउ, घीन घीन बज्यो मादलु, तम्लाई चट्ट सलाम छ, झम्केमाया’ लगायतका गीत सार्वजनिक गरे । जसलाई दर्शकले निक्कै रुचाएका थिए ।

१३ बर्षदेखि आफू अष्ट्रेलियामा बस्दै आएकाले पनि आफू भन्दा आफ्ना सिर्जनाहरुले बढी चर्चा पाएको उनको तर्क छ । समिरले स्वर भरेको ‘मरी जाम’ बोलको गीत मंगलबार सार्वजनिक हुँदैछ भने चाडै नै ‘चकलेटी स्याउ’ पनि बजारमा आउने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?