+
+

मदिराको धङधङी र यसले स्वास्थ्यमा पार्ने असर

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १४ गते १२:२१

सुरुमै भनिहालौं, मदिरा पिउनु स्वास्थ्यको लागि हानिकारक छ । यो तथ्य जान्दाजान्दै पनि हामी मदिरामुक्त हुन सकिरहेका छैनौं । चाडपर्व, जमघटमा हामी मदिराको साथ खोज्न थालेका छौं । कतिपयले क्षणिक मनोरञ्जनका लागि मदिरा खोज्ने गर्छन् भने कतिपयमा यसको लत नै हुन्छ ।

अत्याधिक मदिरा सेवनको कारण टाउको भारी हुने, चक्कर लाग्ने, वान्ता हुने जस्ता समस्या पनि हुन्छन् । यसलाई मदिराको ह्याङओभर अर्थात धङधङ भन्ने प्रचलन छ । कसै–कसैले सुझाउने गर्छन् की यस्तो अवस्थामा अण्डा खानु बेस हुन्छ ।

तर, मानिसहरुले यस्तो धङधङ उतार्न औषधि पनि खोजिरहेका हुन्छन् । के त्यस्तो कुनै औषधी छ जसले मदिराको ह्याङबाट मुक्त गर्छ ?

मदिराको धङधङीबाट निस्कने प्रश्न अहिलेको मात्र होइन । यो बर्षौं पुरानो प्रश्न हो । विगतमा मान्छेले मदिराको धङधङीबाट कसरी बाहिर निस्कने भनेर औषधिको खोज नै गरेका थिए ।

त्यसो त अहिले पनि मदिराको धङधङीबाट बाहिर आउन कतिपयले औषधि खाने गर्छन् । कतिपयले यसको घरेलु विधी पनि सुझाउने गर्छन् । जस्तो कि, कागति, काँचो अण्डा, गोलभेडा, जुस आदि । तर, यस्ता खानेकुराले धङधङीबाट छुटकारा दिइएको पाइदैन ।

किन हुन्छ धङधङी ?

विज्ञानले नै भन्ने गर्छ बढी मदिरा पिएपछि हामीलाई धङधङी लाग्छ । अर्थात, टाउको भारी हुने, चक्कर आउने र थकानको महशुस हुन्छ । यसको एउटा मात्र नभएर थुप्रै कारण छन् ।

मदिरा इथानलबाट बन्ने गर्छ । यसले हम्रो शरिरको शक्तिलाई टुक्राएर अर्को रसायनमा परिवर्तन गर्ने काम गर्छ । जसमध्ये सबैभन्दा महत्वपूर्ण रसायन भनेको एसिटेल्डिहाइड हो । यसले इन्जाइमलाई अझ बढी टुक्राएर एसीटेट नामक रसायनमा परिवर्तन गर्छ । यो एसीटेट वोसो र पानीमा परिवर्तन भएर जाने गर्छ । कतिपय वैज्ञानिकहरुले भन्ने गर्छन् एसिटेल्डिहाइडको कारण धङधङीको समस्या हुने गर्छ । तर, कतिपयले भने एसिटेल्डिहाइडको सम्बन्ध मदिराको धङधङीसँग नहुने बताउँछन् ।

विज्ञहरुका अनुसार मदिरामा मिसाइएका अरु नै रसायन जिम्मेवार छन् । जुन रसायनलाई कोन्जेनर्स भन्ने गरिन्छ । यसमा थुप्रै प्रकारको कण हो । जुन व्हिस्की तयार गर्दा प्रयोग हुन्छ । यसको महशुस त्यतिबेला हुन्छ, जतिबेला मानिसले अतिनै मदिरा सेवन गर्न थाल्छ ।

गहिरो रङको मदिरामा कोन्जेनर्सको मात्रा बढी हुने गर्छ । त्यसैले गहिरो रङको मदिराले हल्का रङको मदिराको तुलनामा बढी नशा दिने गर्छ । मानिसमा यसको असर फरक–फरक तरिकाले देखा पर्ने गर्छ । र, धङधङीको सम्बन्ध मानिको उमेर र उसले पिउने मदिराको मात्रामा पनि निर्भर हुन्छ ।

तर, मदिरा सेवनपछि मानिसलाई धङधङी बनाउनमा कुनै एउट तत्व मात्र जिम्मेवार भने हुँदैन । मदिराले शरिरमा हार्मोनल सन्तुलनलाई विगार्ने काम गर्छ र समस्या हुन्छ ।

मदिरा सेवनको अवधिमा मानिसलाई पिसाब पनि बढी लाग्ने गर्छ । जसले गर्दा शरीरमा पानीको कमी हुन जान्छ । टाउको भारी हुनुको एउटा कारण यो पनि हो ।

मदिराले निद्रामा पनि आसर पु¥याउँछ । प्राय मानिस रातको समय अवेरसम्म मदिरा सेवन गर्छन् । जसले गर्दा मानिसले राम्रोसँग सुत्न पनि पाउदैन । जसले गर्दा पनि थप थकानको महशुस हुने गर्छ ।

नेडरल्याण्डस्थित एक विश्वविद्यालयका प्रोफेसर योरिस सी वेर्सटरले भन्ने गर्छन् बढी मदिराको सेवनपछि त्योसँग लड्नको लागि हाम्रो शरीरले शक्ति लगाउने गर्छ । ताकी मदिराले शरिरमा खराव असर नपरोस् ।

कसरी हटाउने त धङधङी ?

विभिन्न वेससाइटमा मदिराको नशाबाट छोटो समयमा उत्रनका लागि हजारौँ औषधि पाइने गर्छ । कसैले भन्ने गर्छन् की केरा खाएमा राहत महसुष हुन्छ । किनभने मदिरा पिउदा शरीरमा पोटाशियमको कमी हुन पुग्छ । केराले शरीरमा कमी भएको पोटाशियम र खनिजको मात्रालाई पुरा गर्छ र मदिराको धङधङी कम हुन्छ । तर, एक रातमा मदिरा पिउदैमा पोटाशियमको कमी हुँदैन, जुन केरा खाएर समस्या छुमन्तर भएर जाओस् ।

कसैले फेरि भरपेट नास्ता गर्ने सल्लाह दिन्छन् । कतिले धङधङतीबाट मुक्त हुन काँचो अण्डाको सेवन गर्न भन्छन् । तर, अत्याधिक मदिरा सेवनले हुने अतिरिक्त नशाबाट मुक्त हुने सबैभन्दा राम्रो उपाय भनेको आराम गर्नु हो । समय समयमा पानी पिउँदा पनि  राहत पुग्छ । मदिरा पिउनुअघि राम्रोसग खान पनि जरुरी हुन्छ । ठिकसँग खान खानुहोस् र विस्तारै पिउदा धङधङीको समस्या कम हुन्छ । मदिरा पिउनुअघि त्यसको मात्र निर्धारण गर्न सकिए उत्तम हुन्छ । मदिरा पिउनुअघि पर्याप्त पानी वा जुस पिउँदा मदिराको असर कम पर्छ ।

यद्यपि मदिराको सेवन नगर्नु नै स्वास्थ्यको सबैभन्दा राम्रो हो ।

बिबिसीबाट भावनुवाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?