+
+

वेव सिरिज ‘क्रियापुत्री’को छायांकन सुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १४ गते १३:२९

चलचित्रको निर्माण ठप्प भएपछि वेव सिरिज र म्युजिक भिडियोे निर्माणमा बाढी नैै आएको छ । नाम चलेका चलचित्रका निर्देशक समेत वेव सिरिज निर्माणमा व्यस्त हुन थालेका छन् । यही क्रममा, निर्देशक बाबु बलामीले वेव सिरिज ‘क्रियापुत्री’ निर्माणको तयारी गरेका छन् ।

सोमबार राजधानीको कमलादीस्थित गणेश मन्दिरमा मुहुर्तसँगै यो वेव सिरिजको छायांकन सुरु भएको छ । शिबानी बलामीको प्रस्तुति रहेको वेब सिरिजमा पिउस मगर, देव महर्जन, बद्री शाह, सौरभ नूतन, सिजन तिवारी, विकास थापा र मेनुका माझीको अभिनय रहनेछ ।

यो सिरिजमा आमाबाबुकोे निधनपछि क्रियाकर्म गर्ने एक नारी समाजमा कसरी अगाडि बढ्छिन् भन्ने देखाउन खोेजिएको बताए । शबानी बलामी, रवीराज आचार्य र बद्री शाह निर्माता रहेको सिरिजमा पारस कुँवरको लेखन, सौखिन तिमिल्सिनाको सम्पादन, जीवन श्रेष्ठको छायांकन, तर्कराज न्यौपानेको सहायक निर्देशन, देव महर्जनको एक्सन र सुरेश पाण्डेको कोरियोग्राफी रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?