+
+

नेपाल–युरोपियन फिल्म फेस्टिभलकोे ब्रान्ड एम्बेस्डरमा दयाहाङ नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १४ गते १३:५४

नायक दयाहाङ राई नेपाल–युरोपियन फिल्म फेस्टिभलको ब्रान्ड एम्बेस्डरमा नियुक्त भएका छन् । आयोजक युरोपियन युनियनको नेपालस्थित डेलिगेसनले उनलाई फेस्टिभलको दूतमा नियुक्त गरेको हो । युरोेपियन युनियनले दयाहाङलाई महोत्सवको ब्रान्ड एम्बेसडर नियुक्त गर्न पाउँदा खुशी लागेको बताएकोे छ ।

नायक राइले फेस्टिभलसँग जोडिन पाउँदा खुशी लागेको बताए । उनले महामारीका कारण चलचित्रका सार्थक गतिविधि ठप्प भएको समयमा भर्चुअल रुपमै भए पनि हुने फेस्टिभलले चलचित्रकर्मीमा उर्जा संचार गर्ने विश्वास व्यक्त गरेका छन् । उनले भने–‘महामारीले चलचित्रका गतिविधि ठप्प भएको समयमा फिल्म फेस्टिभल हुनु नै सकारात्मक कुरा हो । अझ फेस्टिभलमा नेपाली फिल्म पनि समावेश हुने कुराले मलाई उत्साहित बनाएकोे छ । यो फेस्टिभल आफैंमा साँस्कृतिक आदान प्रदान जस्तो हो । यसले हाम्रो फिल्म साक्षरताका लागि पनि महत्वपूर्ण योगदान गर्नेछ भन्नेमा विश्वस्त छु ।’

नेपाल युरोपियन फिल्म फेस्टिभलको यो दसौँ संस्करण हो । फेस्टिभल आउँदो असोज १ देखि ९ गतेसम्म भर्चुअल रुपमा चल्नेछ ।

योसँगै महोत्सवमा डेलिगेसनले आयोजना गरेको लैङ्गिक समानताबारे लघु चलचित्र प्रतियोगिताको विजेताको घोषणा तथा चलचित्रसँग सम्बन्धित महत्वपूर्ण अन्तक्र्रिया र गोष्ठिहरू पनि सञ्चालन हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?