+
+

‘रीत र अञ्जली’को छायांकन सुरु हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १५ गते १२:३६

फाल्गुनन्द लिङ्देन फिल्मस्द्धारा निर्माण हुन गैरहेको दुई चलचित्र ‘रीत र अञ्जली’को छायांकन आउँदो साताबाट सुरु हुने भएको छ । ‘रीत’ लिम्बु भाष र संकृतीमा आधारित चलचित्र हो भने ‘अञ्जली’ हत्या हिंसा र अपहरणमा आधारित छ ।

दुवै चलचित्रका निर्देशक दिनेश लिङ्देनले चलचित्र ‘रीत’को छायांकन ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटामा जानकारी दिए । यस्तै, ‘अञ्जली’ काठमाडौं उपत्यका आसपासमा छायांकन गरिने छ । दुबै चलचित्रको वर्कशप चलिरहेको छ ।

यी दुवै चलचित्रमा एलिना बासकोटा, विमला खजुम, पुर्व राज्यमन्त्री श्रीप्रसाद जबेगु, स्मृति लिम्बु, असली बनेम, सागर केरुङ, पुन्य ओझा, हाङ चेम्जोङ, दिनेश माङमु, शर्मिला शर्मा, विशाल सेनीहाङ, नन्दु तुम्बापो, नरेश बनेम, निसाम तुम्बापो, प्रज्वलिका गिरी, भीम थेबे लिम्बु, अजय खड्का, कल्याण राई, दीपक नेपाली, माइकल तुम्बापो लगायतका कलाकारको अभिनय रहनेछ ।

मिकहाङ लिङ्देन र सुदिता लिदेनको प्रस्तुति रहेको ‘रीत’ र ‘अञ्जली’को निर्माताहरुमा कविता राई लिङ्देन, सागर केरुङ, धनराज खड्का, मनि ताम्लिङ, विक्रम पयांगु, दीपक नेपाली छन् । दुवै चलचित्रमासागर केरुङको कथा रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?