+
+

फोनपेमार्फत कारोबार गर्ने झापाका उज्वलले पाए हुण्डाइको गाडी उपहार

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १५ गते १७:३१

काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपेमार्फत कारोबार गर्ने झापाको विर्तामोडका उज्वल अधिकारीले हुण्डाइको ग्राण्ड आइटेन गाडी उपहार पाएका छन् ।

फोनपे पेमेन्ट सर्विस लिमिटेडले सञ्चालनमा ल्याएको ‘झट्ट ट्रान्स्फर, चट्ट कार’ उपहार योजना अनुसार अधिकारीले हुण्डाइको गाडी उपहार पाएका हुन् ।

फोनपेका प्रमुख कार्यकारी अधिकृत अद्धेत तुलाधर, नबिल बैंकका चिफ मार्केटिङ अफिसर कविन्द्र प्रसाद श्रेष्ठ र फोनपेका ब्राण्ड एम्बेष्डर सन्दिप क्षेत्रीले एक कार्यक्रमकाबीच अधिकारीलाई गाडी हस्तान्तरण गरेका हुन् । गाडी उपहार पाउने अधिकारी नबिल बैंकका ग्राहक हुन् ।

डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले सुरु गरिएको यो योजना फागुन २३ देखि असार मसान्तसम्म सञ्चालन भएको थियो । यस योजनामा नेपालभरीका कुनैपनि बैंकको आफ्नो मोबाइल बैंकिङ एप मार्फत अन्य बैंकमा पैसा पठाउने ग्राहक सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?