१५ भदौ, काठमाडौं । जापानको टोकियोमा जारी पारालिम्पिकमा नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पहिलो चरणमा बेलायतकी मुनरो बेथसँग प्रतिस्पर्धा गर्ने भएकी छन् ।
मंगलबार भएको ड्र मा पलेशाले पहिलो चरणमै कठिन प्रतिद्वन्दीसँग खेल्ने भएकी हुन् । पलेशाको खेल सेप्टेम्बर ३ मा हुनेछ ।
तेक्वान्दो पहिलो पटक पारालम्पिकमा समावेश भएको हो । पलेशा यस संस्करणमा खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4