+
+

‘मै मरी जाउँ’ भन्दै नाँचे चक्र र श्रेया

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १५ गते १७:३०

गायक समिर आचार्यले आफ्नो गायनमा छुट्टै पहिचान बनाएका छन् । उनको स्वरमा समावेश ‘दुनियाँ बेग्लै छ, पिच रोड, घाममा सुकाइदेउ’ लगायतका गीतले बजारमा निक्कै चर्चा पाए । अब, उनै गायक आचार्यको स्वरमा समावेश नयाँ गीत ‘मै मरी जाउँ’ सार्वजनिक भएको छ ।

वसन्त विवस आचार्यको शब्दमा समावेश यो गीतमा समिर आचार्यकै संगीत छ । गीतलाई समिरले फरक स्वाद दिने कोशिश गरेका छन् ।

यो गीतको भिडियोमा गायक तथा मोडल चक्र बम र श्रेया सिटौलाको अभिनय छ । भिडियोमा शान थापाको निर्देशन, अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ । गायक समिर आचार्यले यसपटक आफूले केही फरक स्वादमा गीत सार्वजनिक गरेकाले पनि दर्शक तथा श्रोताले मन पराउने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?