+
+

सीजी नेटले ल्यायो ‘तीजको अफर आयो बरीलाई’

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १५ गते १९:०१

काठमाडौं । सीजी नेटले तीज पर्वको अवसर पारेर महिलाहरुलाई लक्षित गरी तीजको विशेष अफर आयो बरीलाई सार्वजनिक गरेको छ । सीजी नेटका अनुसार उक्त अफर भदौ १६ गतेदेखि भदौ ३० गतेसम्म चल्ने छ ।

विशेष गरी महिला ग्राहकहरुका लागि मात्र लक्षित गरी ल्याइएको अफरमा ६ महिना वा १२ महिनाको इन्टरनेट प्लान सब्स्क्राइब गर्नुपर्ने कम्पनीले जनाएको छ । सब्स्क्राइब गरिएको प्लान महिलाको नाममा हुनुपर्ने छ ।

उक्त अफर सब्स्क्राइब गरेबापत लक्की ड्र बाट दैनि रुप्मा दुई वटा घरायसी सामग्री पुरस्कार प्राप्त गर्न सकिने र अफरको अन्त्मि दिन एकजनालाई बम्पर लक्की ड्रका साथै ९ जनालाई थप पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ ।

चौधरी ग्रुप अन्तर्गत सीजी कम्युनिकेसन्स लिमिटेडले प्रदान गर्दै आइरहेको सीजी नेटले जावलाखेल, कुपन्डोल, कुलेश्वर, कालीमाटी, सतुँगल, बल्खु, छाउनी र कलंकीबाट आफ्नो सेवा प्रदान गरिरहेको छ । अन्य स्थानहरुमा पनि चाँडै नै सेवा विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?