+
+

दराजले ल्यायो सामान फिर्ता गर्ने सुविधाजनक योजना

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १५ गते २०:०५

काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दराजले ग्राहकहरुको लागि अनलाइन सपिङलाई थप सुविधाजनक बनाएको छ।

आईएमई पेसँग साझेदारी गरी देशका विभिन्न भागहरुमा नयाँ ड्रप अफ पोइन्ट्सहरुको घोषणा गरेको दराजले सामान फिर्ता गर्न सुविधाजनक र झन्झटमुक्त योजना ल्याएको हो । दराजका अनुसार ग्राहकहरुले आफ्नो निकटतम आईएमई पे हबमा गएर कुनै पनि उत्पादनहरु सजिलैसँग फिर्ता गर्न सक्नेछन् ।

दराज जस्तै ई–वाणिज्य र आईएमई पे जस्ता फिनटेक कम्पनी बीच यस्तो खालको साझेदारी नेपालमा पहिलो पटक भएको दराजको दावी छ।

दराजको हब बाहेक ग्राहकहरुले उपत्यकाभित्र र बाहिरका आईएमई पे हबहरुमा गई आफ्नो प्याकेज फिर्ता गर्न सामान छोड्न सक्नेछन्। जसका लागि काठमाडौंको जोरपाटीस्थित बज्र सब रेमिट, ललितपुरको जाउलाखेलस्थित हेलो हाई कनेक्सन, कोटेश्वोरस्थित सिम्पल सब मनि ट्रान्सफर, पोखराको बुद्ध चोकस्थित पीबी ट्राभल्स एंड टुर्स, विराटनगरस्थित सामभावी ट्रेडर्स, वीरगञ्जको भानुचोकस्थित न्यू वीरगञ्ज मनि ट्रान्सफरलाई ड्रप अफ पोइन्ट्सको रुपमा कम्पनीले घोषणा गरेको छ । कम्पनीका अनुसार अन्य १८ वटा स्थानहरुमा ड्रप अफ पोइन्ट्स स्थापना गरिनेछन् ।

यसै गरी ग्राहकहरुले दराज एप मार्फत सामान फिर्ता गर्ने क्रममा दुई विकल्प छनोट गर्न पाउने छन् । विकल्प अनुसार ग्राहकहरुले दराजको डेक्स राइडरलाई बोलाई आफ्नो सामान फिर्ता गर्न सक्नेछन् भने  इच्छुक ग्राहकहरु आफैं ड्रप अफ पोइन्टमा गएर सामान छोड्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?