Comments Add Comment

१२ सय वर्ष पूरानो ५० रुपैयाँको सिक्का, ३ करोडमा बिक्रि हुँदै

२० साउन, काठमाडौं । आगामी ८ सेप्टेम्बरमा बेलायतमा एउटा प्राचीन सिक्का लिलामी हुँदैन ।

आजभन्दा १२ सय वर्ष पूरानो उक्त सिक्का ३० पेन्स अर्थात् झण्डै ५० रुपैयाँको हो । तर यो दुर्लभ सिक्का दुई लाख पाउण्ड अर्थात् ३ करोड रुपैयाँभन्दा धेरै मूल्यमा बिक्ने अपेक्षा उक्त सिक्काको मालिक तथा लिलामी गर्ने कम्पनी डिक्स नूनन वेबले गरेका छन् ।

बेलायतमा खजाना खोजी गर्ने एक व्यक्तिले गत वर्ष विल्टशायर तथा ह्याम्पशायरको सीमानास्थि वेस्ट डिनमा उक्त ३० पेन्सको सिक्का फेला पारेका थिए ।

बेलायती पत्रिका मिररका अनुसार उक्त सिक्का सुनबाट बनेको परीक्षणले पुष्टि गरेको छ । साथै त्यसमा थोरै मात्रामा चाँदी तथा तामा पनि प्रयोग गरिएको छ ।

सन् ८०२ देखि ८३९ सम्मको अवधिमा बेलायतमा शासन गरेका वेस्ट स्याक्सनका राजा एक्गबर्टको शासनकालमा उक्त सिक्का बनाइएको अनुमान छ । अर्थात् यो सिक्काको उमेर १२ सय वर्ष नाघिसकेको छ ।

सुरुमा बटन ठानियो

खजानाको खोजी गर्ने ती व्यक्तिले एक ठाउँमा धातु पत्ता लगाउने मेसिन अर्थात् मेटल डिटेक्टरमा संकेत प्राप्त गर्नासाथ त्यस ठाउँमा उत्खनन सुरु गरेका थिए । उत्खननका क्रममा त्यहाँ सो सिक्का देखा पर्यो ।

सुरुमा त उनलाई त्यो सिक्का जस्तो वस्तु कुनै कपडाबाट खसेको बटन होला भन्ने लाग्यो । तर जब उनले त्यसलाई सफा तबमात्र त्यो प्राचीन सिक्का रहेको देखियो ।

उक्त सिक्काको वजन ४.८२ ग्राम छ भने व्यास एक इन्चभन्दा कम छ । त्यसमा स्याक्सन शव्दयुक्त मोनोग्राफको चारैतर्फ राजाको नाम एक्गबर्ट रेक्स अंकित गरिएको छ ।

स्मरण रहोस् लण्डनमा हालै एउटा प्राचीन चम्चा झण्डै ३ लाख रुपैयाँ बराबरको मूल्यमा लिलामी भएको थियो । चाँदीबाट बनेको उक्त ५ इन्च लामो चम्चा १३ औँ शताब्दीमा बनेको हो । एक व्यक्तिले फुटपाथको पसलबाट जम्मा ९० पेन्समा उक्त चम्चा किनेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment