Comments Add Comment

पवित्रा सिटौला उप्रेती समाज सेवा पुरस्कार कोष  स्थापना

२१ साउन, काठमाडौं । झापाकी पवित्रा सिटौला उप्रेतीको स्मृतिमा उनका भाइ तुलसीप्रसाद उप्रेतीले ५ लाख राशीको पुरस्कार कोष स्थापना गरेका छन् ।

जेष्ठ नागरिक, बालबालिका, अपांगता भएका व्यक्ति, महिलाको हक हितमा विशेष योगदान पुर्‍याउने व्यक्ति र संघसंस्थालाई वार्षिक रुपमा २५ हजार रुपैयाँ राशीको ‘पवित्रा सिटौला उप्रेती समाजसेवा पुरस्कार’ प्रदान गर्न उक्त पुरस्कार कोष स्थापना गरिएको हो ।

उक्त कोषको व्यवस्थापन विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रले गर्ने छ । विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र विगत एघार वर्षदेखि अटिजम भएका बालबालिकाहरूको सेवामा समर्पित छ ।

झापा घैलाडुब्बाकी स्व. पवित्राले समाजसेवाको क्षेत्रमा काम गर्दै आएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment