Comments Add Comment

थप ३,६५१ जनामा कोरोना संक्रमण, २२ जनाको मृत्‍यु

२५ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ३,६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १०,४४५ पीसीआर परीक्षण गर्दा २,६०९ र ६,१४९ एन्टीजेन परीक्षण गर्दा १०४२ गरी ३,६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको छ भने १ हजार ७८४ जना निको भएका छन् ।

सोमबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख १७ हजार ४८६ पुगेको छ । तीमध्ये १० हजार १०११५ जनाको मृत्यु भएको छ भने ६ लाख ७१ हजार ८३ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार २८८ जना रहेका छन् । जसमध्ये ३२ हजार ९०७ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३८१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७४१ जना आईसीयू र १८६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ६४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २१४ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठामाडौंमा ६२४, चितवनमा २६३, कास्कीमा २१०, भक्तपुरमा १७०, ललितपुर १६५, मोरङमा १३१, बागलुङमा १२८ र सुनसरीमा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै नुवाकोटमा ९२, मकवानपुरमा ८६, नवलपरासी पूर्वमा ५८, झापामा ५४, धादिङ र रुपन्देहीमा ४४/४४ जना, दोलखामा ३४, पर्वतमा ३० जनामा कोरोना संक्रमण देखिएको छ ।

पाल्पामा २३, धनकुटामा २१, कपिलवस्तुमा १८, तनहुँमा १६, सिन्धुपाल्चोकमा १५, सिरहा र बर्दियामा १४/१४ जना, सिन्धुलीमा १३, धनुषा, गोरखा र अर्घाखाँचीमा १२/१२ जना तथा महोत्तरीमा ११ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment