Comments Add Comment

काठमाडौंको टेकुमा ‘गोदरेज मोडुलर किचन’को शाखा

काठमाडौं । काठमाडौंको टेकुमा गोदरेज कम्पनीको मोडुलर किचनको नयाँ शाखा शुभारम्भ भएको छ । नायिका ऋचा शर्माले शाखाको उद्घाटन गरिन् ।

कम्पनीले अहिलेसम्म काठमाडौं, भैरहवा, बारा, रुपन्देही, पोखरा, गैँडाकोटसहितका ठाउँमा शाखा स्थापना गरिसकेको छ ।

विश्व प्रशिद्ध भइसकेको गोदरेज कम्पनीको मोडुलर किचन निकै सहज र प्रभावकारी मानिन्छ । १५ वर्षको पूर्ण वारेन्टीसहित एक ठाउँबाट अर्काे ठाउँमा सजिलै सार्न सकिने यस किचनलाई नेपालमा धेरैले रुचाएका छन् ।

३०४ ग्रेडको ग्याल्भनाइज्ड स्टिललाई इपोक्सी पोलिस्टर पाउडरले कोटिङ गरिएकाले खिया, फुन्सी, आगो तथा पानीले असर नगर्ने, ओशिलो वातावरण रहेको किचन कोठामा पनि सुरक्षित, आकर्षक फिनिसिङ गोदरेजका विशेषता हुन् ।

किरा, साङला, धमिराबाट पूर्णरुपमा सुरक्षित रहनुका साथै मर्मत तथा संहार गर्न सजिलो तथा कम खर्च लाग्छ ।

१५ वर्षसम्म कम्पनीले मर्मत सुविधा दिने र लामो समयसम्म टिकाउ हुने हुँदा यो किचन अन्य किचन भन्दा धेरै सस्तो पर्न जान्छ ।

अहिलेसम्म बजारमा चलिरहेको लेटेस्ट टेक्नोलोजी गोदरेजको यो ब्राण्डमा प्रयोग हुन्छ । ५० भन्दा बढी रिफरेन्स कलरमा ग्राहकले किचन तथा फर्निचर सामग्री रोज्न पाउँछन् ।

गोदरेज इन्टेरियो भारतको एक उत्कृष्ट तथा अग्रणी फर्निचर ब्राण्ड हो । फर्निचरका क्षेत्रमा भारतको सबैभन्दा ठूलो घर डिजाइनको टिमले कम्पनीको नेतृत्व गरिरहेको छ । गोदरेज इन्टरियोको म्यानुफ्याक्चरिङ सेवाहरु भारतको मुम्बइ, हरिद्वार, शिरवल र भगवानपुरमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment