Comments Add Comment

मुख्यमन्त्रीको राजीनामापछि लुम्बिनीमा प्रदेशसभा स्थगित

२७ साउन, बुटवल । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि छलफलका लागि शुरु भएको लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन स्थगित भएको छ । विशेष अधिवेशन चल्दै गर्दा मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि अधिवेशन स्थगित भएको हो ।

बुधबार दिउँसो १ बजे शुरु भएको विशेष अधिवेशनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले अविश्वास प्रस्तावमाथि बोलेका थिए । सत्तारुढ नेकपा एमालेले बहिस्कार गरेको प्रदेशसभामा मुख्यमन्त्री पनि अनुपस्थित भएपछि सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीको जवाफका लागि प्रदेशसभा एक घण्टाका लागि स्थगित गरेका थिए ।

त्यसपछि बसेको बैठकमा प्रदेश प्रमुख  कार्यालयबाट प्राप्त मुख्यमन्त्रीको राजीनामासम्बन्धी पत्र पढेर प्रदेशसभा बैठक पुन स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment