Comments Add Comment

फेरि च्याम्पियन्स लिग जित्नु मेरो लक्ष्य : मेस्सी

२७ साउन, काठमाडौं । पेरिस सेन्ट जर्मेनमा अनुबन्ध भएका लिओनल मेस्सीले च्याम्पियन्स लिग जित्नु आफ्नो लक्ष्य भएको बताएका छन् ।

फ्रेन्च क्लब पीएसजीमा आवद्ध भएपछि आयोजित पहिलो पत्रकार सम्मेलनमा मेस्सीले भने, ‘मलाई लाग्छ, त्यसका लागि हामीसँग टिम छ ।’ ३४ वर्षीय मेस्सीले पछिल्लो पटक बार्सिलोनाबाट २०१५ मा च्याम्पियन्स लिग जितेका थिए ।

२०२० को फाइनलमा बार्यन म्युनिखसँग पराजित भएको पीएसजी च्याम्पियन्स लिगको पहिलो उपाधि जित्न चाहन्छ । त्यसलाई बुझेका मेस्सीले भने, ‘मेरो लक्ष्य र सपना भनेको फेरि एक पटक च्याम्पियन्स लिग जित्नु हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment