Comments Add Comment

थप ३,४८१ जनामा कोरोना संक्रमण, ३० जनाको मृत्यु

२७ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३,४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९०७ पीसीआर परीक्षणमा २,६१६ र ५,७४९ एन्टिजेन परीक्षणमा ८६५ जना गरी ३,४८१ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौं उपत्यकामा ९६४ संक्रमित भेटिएका छन् । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको छ  भने १ हजार ८८५ जना निको भएका छन् ।

बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख २३ हजार २९६ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार १८० पुगेको छ भने ६ लाख ७५ हजार ८३ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३३ जना रहेका छन् । जसमध्ये ३४ हजार ८१३ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार २२० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७९६ जना आईसीयू र १८४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ७० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २ सय ५ जना कोरोना संक्रमित थपिएका छन् ।

कुन जिल्लामा कमति संक्रमित थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ६६३, झापामा २२०, कास्कीमा २१६, ललितपुरमा १९२, मोरङमा १५३, भक्तपुरमा १०९ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै सुनसरी र चितवनमा ८०/८० जना, दोलखामा ७७, रुपन्देहीमा ७०, लागलुङमा ६७, नवलपरासी पूर्वमा ६१, नुवाकोटमा ५०, सिन्धुपाल्चोक र बर्दियामा ४४/४४ जना, दाङमा ४२ जना कोरोना संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment