Comments Add Comment

मौद्रिक नीति चुहाइएको भन्दै इकोनोमिक मिडिया सोसाइटीको आपत्ति

२९ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्नुपूर्व नै मौद्रिक नीति बाहिरिएको भन्दै इकोनोमिक मिडिया सोसाइटीले आपत्ति जनाएको छ । शुक्रबार अपराह्न सार्वजनिक हुने तयारीमा रहेको मौद्रिक नीतिको अंश दिउँसै केही सञ्चारमाध्यममा प्रकाशित भएको थियो ।

मौद्रिक नीतिका महत्वपूर्ण विषय चुहिएपछि सोसाइटीले गम्भीर ध्यानाकर्षण गराएको हो । ‘नेपाल राष्ट्र बैंक जस्तो स्वायत्त संस्थाले मौद्रिक नीति जस्तो दीर्घकालीन महत्व राख्ने नीति आफू अनुकूल र आफू निकट सञ्चारमाध्यममा पहिल्यै दिनु गलत हो,’ सोसाइटीले भनेको छ ।

मौद्रिक नीति सञ्चालक समितिमा छलफल भई पारित भएपछि मात्रै सार्वजनिक गरिने हुनाले सञ्चालकहरु मात्रै यस विषयमा जानकारी हुने भन्दै सोसाइटीले सञ्चालक वा उच्च पदाधिकारीबाटै मौद्रिक नीति चुहावट हुनु गम्भीर भएको जनाएको छ ।

सार्वजनिक चासोको विषयमा जनतासामु प्रस्तुत गर्न केही सञ्चारमाध्यममलाई मात्रै कार्टेलिङ गरेर प्रसारण अनुमति दिइनु केन्द्रीय बैंकको हित विपरीत भएको सोसाइटीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment