Comments Add Comment

कायममुकायम प्रधानसेनापति शर्मा र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता

२९ साउन, काठमाडौं । कायममुकायम प्रधानसेनापति रथी प्रभुराम शर्मा र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा उनीहरुबीच भएको भेटमा दुईपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उनीहरुबीचको भेटवार्ताले दुई देशबीचको सम्बन्धलाई सुमधुर र प्रगाढ तुल्याउन थप योगदान पुग्ने सेनाले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment