Comments Add Comment

करणी मुद्दाका फरार प्रतिवादी जनकपुरबाट पक्राउ

३१ साउन, धनुषा। प्रहरीले करणी, डाँका र हातहतियार मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषा कमला नगरपालिका-8 स्थित २‍७ वर्षीया शम्भु महरा भन्‍ने शम्भु रबिदास रहेका छन् ।

उनलाई धनुषा जनकपुर उप-महानगरपालिका वडा नं. १६ कपिलेश्वरस्थित रेल्वे लिकबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीमाथि २०७७ साल असोज २६ गते राति १ बजे धनुषा कमला न.पा. ८ स्थित महिलामाथि जवरजस्ती करणी गरेको प्रहरीको दाबी छ ।

जिल्ला अदालत जनकपुरधाममा पेश भई मुद्दा बिचाराधिन अवस्थामा रहेको र सोही मुद्दामा फरार रहेका थिए ।

डाँका र हातहतियार मुद्दामा पक्राउ परेका फरार प्रतिवादीलाई धनुषा जिल्ला अदालत जनकपुरधाममा पेश गरेको इलाका प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment