Comments Add Comment

म्हैपीमा व्यापारीको साथबाट लुटियो यार्सागुम्बा, ७ जना पक्राउ

फाइल तस्वीर

३१ साउन, काठमाडौं । म्हैपीमा ७ दिनअघि भएको यार्सागुम्बा लुटपाटमा संलग्न गिरोह पक्राउ परेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले मुख्य अभियुक्त बझाङका धर्म ओखेडासहित ७ जना लुटेराको समूहलाई पक्राउ गरेको एसपी कृष्ण कोइरालाले अनलाइनखबरलाई बताए ।

उनका अनुसार खरिद गर्ने वहानामा दिपक लामा र सुरेश सापकोटासँग रहेको एक किलो यार्सागुम्बा उनीहरुले लुटेको भन्दै किटानी जाहेरी परेको थियो । जाहेरीमाथि अनुसन्धानका क्रममा पक्राउ परेकाको साथबाट ७ किलो ७ सय ४० ग्राम अवैध यार्सागुम्बा बरामद भएको कोइरालाले बताए ।

थप अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment